जनप्रतिनिधि आएपछि गाउँको मुहार फेरियो



हाम्रो इकोनोमि

कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ बैलकुण्डीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा जनप्रतिनिधि आएपछि गाउँ जोड्ने एक मात्रै सडकको स्तरोन्नति भएपछि खुशी भएका छन् ।

वषांैदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि ग्राभेल गरी हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्य चौकी पु¥याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पु¥याउन पाउँदा यहाँका बासिन्दाले सन्तुष्टि व्यक्त गरेका हुन् ।

सडकै समस्याले गाउँमा एम्बुलेन्स नआउँदा यहाँका बासिन्दाले बिरामीलाई गोरु, गाडा र खटियामा बोकेर टाढाको स्वास्थ्य चौकीसम्म पु¥याउँदै आएका थिए । सडकको स्तरोन्नति भएपछि गाउँसम्मै एम्बुलेन्स पुग्न थालेको छ । बिरामीको उपचारमा सहजता आउन थालेको छ ।

पहिला बैलकुण्डीमा बस्ती छ, वा छैन, भन्नेसम्म स्थानीय निकायलाई थाहासम्म थिएन, स्थानीयवासी सीताराम चौधरीले भन्नुभयो, “जनप्रतिनिधि आएपछि पिरमर्का सुन्न थालेका छन्, गाउँको विकासका लागि समन्वय गर्न थालेका छन् ।”

आ–आफ्ना पिरमर्का जनप्रतिनिधि समक्ष राख्न थालेपछि सुनवाइ हुनथालेको उहाँले बताउनुभयो । पूरै गाउँमा पूर्व मुक्तकमैया बस्दै आएका छन् । नगरपालिकामा जनप्रतिनिधि आएसँगै वर्षौदेखि बुझाउँदै आएको मालपोतबापतको रकम मिनाहा भएको छ । रामचरण रानाले भन्नुभयो, “व्यावसायिक खेती गर्नका लागि उन्न बिउबिजन, किटनाशक र मल अनुदानमा पाइएको छ ।”

बस्तीका सबै घरमा विद्युत् थिएन । हाल अधिकांश परिवारका घरमा विद्युत् पुगेको छ । विद्युत् नपुगेका घरमा विद्युत् पु¥याउनका लागि पोल गाड्ने कार्य भइरहेको छ ।

गाउँमा आधारभूत तहको कक्षा तीनसम्म पढाइ हुने एक मात्रै विद्यालय रहेको छ । तीन कक्षापछि पढ्नका लागि टाढाको विद्यालयमा बालबालिकालाई पु¥याउन अभिभावक आफैंले जानुपर्दछ बुद्धिराम चौधरीले भन्नुभयो, “जंगलको बाटो भएकाले बालबालिकालाई एक्लै विद्यालय पठाउन सकिदैन । नगरपालिकामा कक्षा ८ सम्म पढाइ हुने व्यवस्था मिलाइ दिन नगर प्रमुख समक्ष कुरा राखेका छौं । सकारात्मक जफाव पाएका छौं ।”

खानेपानीका लागि गाडेका नल्कामा आर्सेनिक आउने हँुदा शुद्ध पानीका लागि कार्य अगाडि बढेको छ । सिँचाइका लागि दातृ निकायको सहयोगमा वर्षौ पहिले गाडेका बारिङमा पानी आउन बन्द भएको छ भागरथी रानाले भन्नुभयो, “नगरपालिकाको वडा कार्यालयले यसका लागि कार्य अगाडि बढाएको छ, सिँचाइ सुविधा चाडै पुग्नेमा आशावादी छौं ।”

यहाँका बासिन्दा दोदा नदीको छेउँमै बस्दै आएकाले नदीको बाढीले बस्तीलाई वर्षेनी डुबानमा पार्दै आएको छ । नदीको बाढीको पानी सुर्जा खोलामा चढेर बस्तीमा पुगेर डुबानमा पार्दै आएको छ । नदीले जग्गा कटान गर्दा यहाँका ६ घरपरिवार विस्थापित भइसकेका छन् ।

स्थानीय बासिन्दाले बाढी नियन्त्रण गर्नका लागि नगरपालिकालाई गुहारेका छन् । नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले नदी नियन्त्रणका लागि प्रभावकारी योजना सञ्चालन गर्ने बताउनुभएको छ । नदीका कारण स्थानीय बासिन्दालाई विस्थापित हुनबाट जोगाउनका लागि भरपर्दो तटबन्ध र अन्य विपद् प्रतिकार्यका कार्य अगाडि बढाइने उहाँले बताउनुभयो ।

गाउँका केही परिवारले व्यावसायिक तरकारीखेती, केराखेती र उखुखेती गर्दै आए पनि अधिकांश परिवार ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् । गाउँमा एक सय ६६ परिवारको बसोवास रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...