प्रधानमन्त्री ओलीको उद्घोष : अब कडाइका साथ सुशासन र तीव्रताका साथ विकास



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताउनुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भौतिक समृद्धि मात्र नभई सांस्कृतिक समृद्धितर्फ पनि राज्यको ध्यान केन्द्रित छ ।”

प्रधानमन्त्री ओलीले पैसाले मात्रै विकास हुँदैन, सोच र चिन्तनले विकास हुन्छ, औपनिवेशिक कालमा जस्तो ठूला र धनीले साना र गरीबलाई शोषण गरेर धनी र सम्पन्न हुने चरण समाप्त भइसकेको छ भन्दै अब स्वतन्त्रता, सुरक्षा र सम्मान सहितको आधुनिक लोकतन्त्रका लागि साहित्य र संस्कृतिकर्मीहरु पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

जैविक र मानवीय न्यायोचित आवश्यकताको परिपूर्ति जनताको पहिलो शर्त भएको उल्लेख गर्दै उहाँले एकता, सहिष्णुता र मेलमिलाप नेपाली संस्कृति भएकाले नेपालको ऐतिहासिक र वैभवपूर्ण संस्कृतिलाई विश्वसमक्ष फैलाउनुपर्ने बताउनुभयो ।

शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीले नेपाली कला र संस्कृतिको विदेशीले समेत अन्वेषण गरिरहेको सन्दर्भमा स्वदेशका प्राज्ञिक निकायले आफूलाई त्यसमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले नेपालको हिमाली सभ्यता र परम्परालाई अग्रभागमा राखेर हिमवत् खण्डको संस्कृतिको अध्ययन र संरक्षणमा लाग्न सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो ।

वरिष्ठ कवि वैरागी काइँलाले कतिपय भाषा र संस्कृति लोपोन्मुख हुन लागेको बेला सम्मिलनले त्यसको जगेर्नामा योगदान दिन सक्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सम्मिलनमा नेपाली साहित्यमा विद्यावारिधि बेलायती नागरिक डा माइकल हर्ट, भारतको सिक्किम विश्वविद्यालयका डिन डा कविता लामालगायत जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ ।

भारतको ग्वाँटी, उत्तराखण्ड, सिक्किम, कोलकोता, हिमाञ्चल, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलोङलगायत स्थानका साहित्यकारहरुको सहभागिता छ ।

सम्मिलनमा हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुतिसमेत हुने आयोजक समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...