संसदमा ५४ करोडभन्दा बढी रकम भष्टचार भएको खुलासा, संसद सचिवालयका महासचिवको मनपरी



हाम्रो इकोनोमि

 

एनजीओ र आईएनजीओको प्रभावमा परेर नेपालका सांसदहरूले नीति निर्माण गर्ने गरेको आरोप लागिरहेको छ । यूएनडीपीको खर्चमा प्रतिनिधिसभाका सांसदलाई तालिम दिएको विवादास्पद विषय सेलाउन नपाउृँदै अर्को घटना सुरु भएको खबर छ ।

 

संघीय संसद सचिवालयका  कर्मचारी र सभामुख कृष्णवहादुर महराको समेत मिलेमतोमा २०७५ जेठ २१ र २२ गते सांसदलाई जानकारी नै नदिई रु. ५४ करोडभन्दा बढी रकम युएनडीपीसंग सम्झौता गरेर सांसदलाई तालिम दिएको विषय संसदमा समेत कुरा उठेपछि विवादित बनेको थियो ।

 

ब्यवस्थापिका–संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र हालै सचिवमा बढुवा भएका भरतराज गौतमको मिलेमतोमा सांसदलाई जानकारी नदिई युएनसंग उक्त कार्यक्रमको सम्झौता गरिएको स्रोतको दावी छ । गोप्यरुपमा उक्त सम्झौता भएको हल्ला चलेपछि संसदमा सांसद कुमार लिङ्देनले प्रश्न उठाएपछि भट्टराई र गौतमको पोल खुलेको हो ।

सांसदलाई आफ्नै खर्चमा अभिमुखीकरण तालिम दिनुपर्ने भन्दै सांसदहरूले कुरा उठाएका थिए । तर, अहिले उक्त सम्झौताबारे सबै गुपचुप बसेपछि विषय झन रहस्यमय बनेको एक सांसदले  बताए ।

 

पहिला÷पहिला संविधानसभाको बेलामा विदेशीदाताले दिएको नगद सहयोगबारे खर्च विवरण सार्वजनिक गर्ने प्रचलन थियो । तर, संसदमा महासचिव भट्टराई र गौतम हावी भएपछि त्यस्तो खर्च सार्वजनिक हुन छाडेको छ । त्यसैले दोस्रो संविधानसभाका लागि विदेशीले दिएको खर्च अहिलेसम्म सार्वजनिक भएको छैन ।

 

त्यही क्रममा यो घटना भएको हो । ब्यवस्थापिका–संसद सचिवालय नै अपारदर्शी भएपछि ब्यवस्थापिका–संसद सचिवालय संविधान र कानूनभन्दा माथि हो मनपरी गर्ने ? भन्ने प्रश्न पनि उठेको छ ।

 

अहिले फेरि अर्को विवादास्पद आईएनजीओ जीएफ अर्थात् गर्भन्यान्स फ्यासिलिटीको सहयोगमा विदेशीको धनमा प्रदेशका सांसदलाई तालिम दिएको छ ।

 

२०७५ असार १७ गते आइतावरदेखि २०७५ असार २२ गतेसम्म  विभिन्न कानूनहरू मस्यौदा कसरी गर्ने भन्ने विषयहरू राखेर प्रदेशका सांसदहरू, मुख्य न्यायाधिवक्ता र कानून मन्त्रालयका सचिवहरूलाई तालिम दिइयो ।  केही समय पहिला काठमाडौंस्थित अमेरिकी राजदूतावसले २३ जना कानूनका कर्मचारीलाई ¥याडिसन होटलमा दिएको तालिम पनि विवादास्पद बनेको थियो ।

 

सार्वभौमसत्तामाथि  प्रश्न
धेरैको टिप्पणी छ ‘पश्चिमाले नेपालको पोलिसीमा खेल्छन्  र भारतले पावरमा ।’ हुन पनि पश्चिमाहरू नेपालका नीति निर्माण तहमा खेल्छन् अर्थात नेपालका लागि ऐन, कानून बनाउन उनीहरू सक्रिय हुन्छन् ।  विवादास्पद ‘‘गर्भन्यान्स फ्यासिलिटी (जीएफ)’’ नामक आईएनजीओको रु. ३० लाख लगानीमा १ हप्ते तालिम चलाएर सम्पन्न गरेका छन् । २०७५ असार १७ गतेबाट २०७५ असार २२ गते शनिवारसम्म सञ्चालन भएको जीएफको रु. ३० लाख गोदावरीको होटलमा खर्च गरियो ।

 

यसमा तालिम दिने शिक्षकमा भने पूर्व सभामुख सुवास नेम्वाङ, पूर्व  मन्त्री माधव पौडेल,  पूर्व  मन्त्री लेखक, सांसद पुष्पा भुषाल, खिमलाल देवकोटा, सांसद राधेश्याम अधिकारीलगायत २० जना रहेको थाहा भएको छ  ।

 

तालिमका सहभागी भने प्रत्येक प्रदेशसभाबाट ३ जनाका दरले २१ जना, सात प्रदेशका कानून मन्त्रालयका सचिव ७ जना, अनि सात प्रदेशका  ७ जना मुख्य न्यायाधिवक्ता सहभागी भएको स्रोतले बतायो  ।

 

गोदावारीको भृकुटी होटलमा आयोजना गरिएको आवासीय तालिममा करीब ४५ जनाले सहभागिता जनाएका थिए । उनीहरूलाई हवाई भाडादेखि काठमाडौ वसाई खर्चसमेत जीएफले ब्यहोरेको थाहा भएको छ ।

 

‘‘विदेशीको लगानीमा  नेपालका प्रदेशको कानून बनाउन, तालिम लिनु र दिनु गम्भीर गल्ती  हुने’’ पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाको भनाइ छ । संग्रौलाले साँघुसंग कुरा गर्दै भने–‘‘प्रदेशसभा सदस्यको ब्रेन वास गर्न यस्ता कार्यक्रम हुने गरेको’’ भन्दै ‘यी कार्यक्रमले सार्वभौमसत्तामाथि  प्रश्न उठाउने’ दावी गरे । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...