हेटौँडा कुलेखानी सडक यातायात सञ्चालन



हाम्रो इकोनोमि

हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेलस्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाई आज मध्याह्नदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट हेटौँडालगायत तराई र हेटौँडाबाट काठमाडौँतर्फ गएका सुमो जीप, कार, मोटरसाइकललगायतका साधन यातायात सञ्चालन भएपछि आ– आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

यसैगरी मदनभण्डारी सडक खण्डमा पर्ने सिस्नेरीस्थित इन्द्रसरोवर गाउँपालिका–२, ज्यामिरेमा गएराति गएकै पहिरोबाट अवरुद्ध रहेको सडकलाई पहिरो पन्छाउने कार्य भइरहेको र आज साँझसम्ममा काठमाडौँ–हेटौँडाको यातायात सेवा सञ्चालनमा ल्याइने लक्ष्य रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...