हेटौँडा कुलेखानी सडक यातायात सञ्चालन



हाम्रो इकोनोमि

हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेलस्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाई आज मध्याह्नदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट हेटौँडालगायत तराई र हेटौँडाबाट काठमाडौँतर्फ गएका सुमो जीप, कार, मोटरसाइकललगायतका साधन यातायात सञ्चालन भएपछि आ– आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

यसैगरी मदनभण्डारी सडक खण्डमा पर्ने सिस्नेरीस्थित इन्द्रसरोवर गाउँपालिका–२, ज्यामिरेमा गएराति गएकै पहिरोबाट अवरुद्ध रहेको सडकलाई पहिरो पन्छाउने कार्य भइरहेको र आज साँझसम्ममा काठमाडौँ–हेटौँडाको यातायात सेवा सञ्चालनमा ल्याइने लक्ष्य रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...