पानी ट्यांकीमा डुबेर मृत्यु, परिवारद्वारा किटानी जाहेरी



हाम्रो इकोनोमि

सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको हिजो पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा ५ ख ८२७१ नं को ट्यांकरबाट पानी हाल्ने क्रममा ट्यांकीभित्र खसेर बेहोश भएका चौलागार्इंको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।

प्रहरीले पदमबहादुर सुनुवार र ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । मृतकका काका छत्रबहादुर चौलागार्इंले आज प्रहरी वृत्त थिमिमा हत्या भएको भन्दै जाहेरी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...