प्रहरीमा ८ डिआईजीको अनिवार्य अवकाश,  यसरी हुँदैछ विदाई अब, एआईजी प्रतिष्पर्धामा ५ जना मात्रै



हाम्रो इकोनोमि

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक ९एआईजी० को ३ वटै पद रिक्त रहँदै गर्दा प्रतिष्पर्धामा रहेका ५ जना डिआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।

एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

उनीहरु २९ असार २०४५ मा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० पदबाट सेवा आरम्भ गरेका अधिकृत हुन् ।

हाल कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, शाह मानव स्रोत विभाग, जोशी कार्य विभाग र चन्द प्रदेश ७ मा कार्यरत् थिए ।

प्रतिष्पर्धामा रहे पनि समयमा सरकारले प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ घर फर्किनु परेको ती अधिकृतहरुको गुनासो छ । आफूहरुमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको उनीहरुको दुखेसो छ ।

उनीहरुसहित अन्य ३ डिआईजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अवकाश पाउँदैछन् ।

योसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापाका क्षेत्रीका अनुसार शुक्रबारबाट अवकाश पाउने अधिकृतहरु कार्यरत् सम्बन्धित कार्यालयमा विदाइ समारोह राखिएको छ । ‘अहिले सम्बन्धित युनिटले उहाँहरुलाई विदाइ गर्छ । पछि एकमुष्टमा आईजी सा’ब लगायतबाट विदाइ कार्यक्रम गरिनेछ’, क्षेत्रीले भने ।

 

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...