प्रहरीमा ८ डिआईजीको अनिवार्य अवकाश,  यसरी हुँदैछ विदाई अब, एआईजी प्रतिष्पर्धामा ५ जना मात्रै



नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक ९एआईजी० को ३ वटै पद रिक्त रहँदै गर्दा प्रतिष्पर्धामा रहेका ५ जना डिआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।

एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

उनीहरु २९ असार २०४५ मा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० पदबाट सेवा आरम्भ गरेका अधिकृत हुन् ।

हाल कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, शाह मानव स्रोत विभाग, जोशी कार्य विभाग र चन्द प्रदेश ७ मा कार्यरत् थिए ।

प्रतिष्पर्धामा रहे पनि समयमा सरकारले प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ घर फर्किनु परेको ती अधिकृतहरुको गुनासो छ । आफूहरुमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको उनीहरुको दुखेसो छ ।

उनीहरुसहित अन्य ३ डिआईजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अवकाश पाउँदैछन् ।

योसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापाका क्षेत्रीका अनुसार शुक्रबारबाट अवकाश पाउने अधिकृतहरु कार्यरत् सम्बन्धित कार्यालयमा विदाइ समारोह राखिएको छ । ‘अहिले सम्बन्धित युनिटले उहाँहरुलाई विदाइ गर्छ । पछि एकमुष्टमा आईजी सा’ब लगायतबाट विदाइ कार्यक्रम गरिनेछ’, क्षेत्रीले भने ।

 

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  १४ : ०९  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०