निर्वाचनको लागि अधिकार दिए आयोगले साठी दिनभित्रमै निर्वाचन गर्ने आयुक्त यादवले दिए यस्तो उपाए



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनुपर्ने बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको मिति कानूनमा उल्लेख गरी सो अधिकार आयोगलाई दिइनुपर्छ भन्नुभयो । अझै पनि त्यो अधिकार मन्त्रिपरिषद्ले आफँैसँग राखेको भन्दै उहाँले आयोगले खुलेर काम गर्न नपाएको बताउनुभयो । त्यस्तो अधिकार सरकारले नै राख्दा आयोगले समयमै निर्वाचन गर्न पाएको छैन भन्नुभयोे ।

आगामी दिनमा १२० दिनमा होइन, ६० दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग रहेको दाबी उहाँले गर्नुभयो । अहिले पनि आयोगले संगठनात्मक संरचना तयार पार्ने, जनशक्ति व्यवस्थापन गर्ने, निर्वाचनको समीक्षा गर्ने, ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गर्ने काम भइरहेको जानकारी यादवले दिनुभयो । तीनवटै तहको निर्वाचन सफल बनाउन सबै क्षेत्रबाट सहयोग पु¥याइएकामा उहाँले धन्यवादसमेत दिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदी, जिल्ला निर्वाचन कार्यालय तनहुँका निमिक्त प्रमुख हरिप्रसाद लामिछानेलगायतले उक्त भवन बनेपछि लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको निर्वाचनसम्बन्धी गतिविधि गर्न सहज हुने बताउनुभएको थियो ।

आठ आना क्षेत्रफलमा निर्माण भएको तीनतले १२ कोठे भूकम्प प्रतिरोधात्मक सो भवन रु एक करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...