सर्पदंशसहितको उपचार केन्द्र निर्माण हुँदै



हाम्रो इकोनोमि

रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण गरिएको छ । सो उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रु एक करोड भन्दाबढीको लागतमा निर्माण हुन लागेको उपचार केन्द्रका लागि महायज्ञबाट रु ७४ लाख संकलन भएको थियो भने सैेनामैना नगरपालिकाबाट रु २० लाख, कञ्चन गाउपालिकबाट रु पाँच लाख र गैंडहवा गाउँपालिकाबाट रु दुई लाख ५० हजार प्रदान गरिएको थियो ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रमा विषालु सर्पको डसाइबाट वर्षेनी कयौं व्यक्तिको मृत्यु हुने गरेको र उपचारका लागि बुटवल जानुपर्ने अवस्था यो केन्द्रको निर्माण पछि अन्त्य हुने जानकारी दिँदै नगरप्रमुख चित्रबहादुर कार्कीले नेपाली सेनासँगको समन्वयमा उपचार केन्द्र स्थापना हुन लागेको र सेनासँगको सहकार्यबाट उपचार सेवालाई निरन्तर र दिगो बनाउने बताउनुभयो ।

“कहिलेकाहीँ एण्टी स्न्याक भेनमको पनि अभाव हुनसक्छ तर सेनासँगको सहकार्यमा त्यस्तो समस्या नआउन सक्छ” उहाँले भन्नुभयो,
“यस केन्द्रमा सर्पदंश सहित अन्य रोगको पनि उपचार गरिने भएकाले स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा समेत पाउन छन्” ।

झण्डै पाँच कठ्ठा जग्गामा स्थापना भएको उपचार केन्द्र पहिलो चरणमा छ श्ययाकोे हुनेछ र त्यसलाई पुनः बढाइँदै लगिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...