ओली सरकारलाई खतरनाक र राष्ट्रघातीको संज्ञा दिदै धारेहात लाउने गजुरेल, आखिर कस्को छ यसमा झेल ?



हाम्रो इकोनोमि

नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खतरनाक राष्ट्रघातीको संज्ञा दिएको छ ।

प्रदेश स्तरीय आफना कार्यकर्तालाई पार्टीको भावी योजना सहित प्रशिक्षण दिन सुनसरीको धरान आइपुगेका नेकपा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खतरनाक राष्ट्रघाती सरकारको संज्ञा दिएका हुन् ।

शुक्रबार धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ हिमको सभाहलमा एक दिने आफना प्रदेश स्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षण पछि गरिएको पत्रकार सम्मेलनमा गजुरेलले सो कुरा बताएका हुन् ।

गजुरेलले ओली सरकार समृद्ध नेपाल सुखी नेपाली झुटा नारा दिई जनतालाई झुक्याउन खोजेको आरोप समेत लगाए । उनले पानी जहाजको विषय कोशी उच्च बाधसँग जोडिएको भन्दै कोशी बाँध बनाइयो भने राजमार्ग सबै डुबानमा पर्ने भएकाले नेपालको हितमा कोशीको डयाम नरहेको दाबी गरे ।

देशमा उत्पादनको काममा युवा वर्गलाई नलगाई देशको समृद्धि नआउने तर्क गर्दै उनले देशका हरेक युवालाई स्वदेश फर्काउनै पर्ने तथा रोजगारीको व्यवस्था मिलाउनुपर्ने माग गरे । उनले सरकारले कृषीमा लगानी गरेतापनि वास्तविक किसानले अनुदान नपाई अन्य ठुलठुला डिपार्टमेन्टले कृषिको नाममा अनुदान पाउँदै आएको बताए ।

गजुरेलले ओली सरकारले दुई तिहाई बहुमतको दम्भ नदेखाई तथा शिक्षा स्वास्थ्य, जस्ता कुराहरुलाई परिपुर्तिका निम्ति पहल गर्न ध्यानाकर्षण समेत गराएका थिए । त्यस्तै अर्को प्रसंगमा गजुरेलले सरकारमा रहेको कम्युुनिष्ट पार्टीहरुसँगको एकता गर्न सम्भव नरहेको बताउँदै सडक आन्दोलको विकल्प नरहेको बताए ।

साथै गजुरेलले सदनमा संविधान बनाउने कस्ले लिने भन्ने बिषयमा पार्टीहरुबीच प्रतिष्पर्धा चलिरहेको र राष्ट्रका प्रधानमन्त्री जस्ता ब्यक्तिले नचाहिने अभिब्यक्ति दिँदै हिँडेको समेत आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बार्षिक बिदेशबाट मगाएर २ करोड ५० लाख मुल्य बराबरको पानी मात्रै खाने गरेको गम्भीर आरोप समेत लगाएका थिए ।

पार्टीका केन्द्रीय सदस्यहरु तथा प्रदेश सदस्यहरुले आवको दिनमा पार्टीलाई अगाडी बढाउने अभियानमा लागेकोले सोही बमोजीम प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पार्टीका सुनसरी जिल्ला ईन्चार्ज मनोज प्रधानले जानकारी दिएका छन् । साथै सोही पार्टीका विप्लव माओवादीसँग समेत विषयगत एकता गर्ने सम्भावना समेत रहेको सम्मेलनमा गजुरेले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...