आगलागीबाट सात लाखको क्षति



हाम्रो इकोनोमि

सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ ।

स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा निजको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

आगलागीबाट गोठभित्र रहेको ४० क्विन्टल धान, ४० क्विन्टल गहुँ, नगद जिन्सी, भाँडाकुँडालगायतका सामान जल्दा करीब रु सात लाख मूल्यबराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...