एकीकरण नहुँदै कमल थापाले बलियो बनाउदै आफ्नो गुट,पार्टी एक हुने चर्चासँगै विभाग र समितिमा प्रमुखमा यसरी राखे आफ्ना मान्छे



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न २० वटा विभाग तथा समितिमा प्रमुखको मनोनयन गरेका छन् ।

थापाले सूचना तथा प्रविधि विभागको प्रमुखमा आफैलाई राखेका छन् भने राजनीतिक विभागमा वुद्धिमान तामाङ, अनुशासन समितिमा राजीव पराजुली, स्थानीय निकाय परिचालन विभागमा टंक ढकाल, पर्यटन विभागमा दिलविकास राजभण्डारी, संगठन विभागमा राजेन्द्र लिंदेनलाई प्रमुखको जिम्मेवारी दिएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा जयन्त चन्द, सम्पर्क समाज समन्वय विभागमा भास्कर भद्रा, आर्थिक विभागमा उद्धव पौडेल, संयोजित संगठन समन्वय विभागमा सुशील श्रेष्ठ, प्रशिक्षण विभागमा भुवन पाठक, न्यायिक समितिमा कुन्ती शाही, प्रचार विभागमा मोहन श्रेष्ठ प्रमुख तोकिएका छन् ।

अनुसन्धान तथा योजना विभागमा डा। विष्णु भण्डारी, खेलकुद विभागमा उद्धव थापा, उद्योग प्रवर्द्धन विभागमा पुष्कर ढुंगेल, वाणिज्य क्षेत्र समन्वय विभागमा लक्ष्मीप्रसाद संग्रौला, अपांग हित सम्वर्द्धन विभागमा निना भेटवाल, प्रवास विभागमा विजय खड्का र कला साहित्य तथा संस्कृति विभाग प्रमुखमा बेटी बज्राचार्य चयन भएको राप्रपाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...