एकीकरण नहुँदै कमल थापाले बलियो बनाउदै आफ्नो गुट,पार्टी एक हुने चर्चासँगै विभाग र समितिमा प्रमुखमा यसरी राखे आफ्ना मान्छे



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न २० वटा विभाग तथा समितिमा प्रमुखको मनोनयन गरेका छन् ।

थापाले सूचना तथा प्रविधि विभागको प्रमुखमा आफैलाई राखेका छन् भने राजनीतिक विभागमा वुद्धिमान तामाङ, अनुशासन समितिमा राजीव पराजुली, स्थानीय निकाय परिचालन विभागमा टंक ढकाल, पर्यटन विभागमा दिलविकास राजभण्डारी, संगठन विभागमा राजेन्द्र लिंदेनलाई प्रमुखको जिम्मेवारी दिएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा जयन्त चन्द, सम्पर्क समाज समन्वय विभागमा भास्कर भद्रा, आर्थिक विभागमा उद्धव पौडेल, संयोजित संगठन समन्वय विभागमा सुशील श्रेष्ठ, प्रशिक्षण विभागमा भुवन पाठक, न्यायिक समितिमा कुन्ती शाही, प्रचार विभागमा मोहन श्रेष्ठ प्रमुख तोकिएका छन् ।

अनुसन्धान तथा योजना विभागमा डा। विष्णु भण्डारी, खेलकुद विभागमा उद्धव थापा, उद्योग प्रवर्द्धन विभागमा पुष्कर ढुंगेल, वाणिज्य क्षेत्र समन्वय विभागमा लक्ष्मीप्रसाद संग्रौला, अपांग हित सम्वर्द्धन विभागमा निना भेटवाल, प्रवास विभागमा विजय खड्का र कला साहित्य तथा संस्कृति विभाग प्रमुखमा बेटी बज्राचार्य चयन भएको राप्रपाले जनाएको छ ।

 

प्रकाशित मिति : २८ असार २०७५, बिहिबार  १६ : ५९  बजे

प्रतिक्रिया दिनुहोस
पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन

     त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्

भदौ ३१ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण

    प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने

केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी

वित्तीय प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको