स्वास्थ्यकर्मीलाई प्रहरीले यसरी हान्ने भो डण्डा, स्वस्थ्य क्षेत्रमा हड्ताल गर्ने यिनीहरुको बन्द हुदैछ फण्डा



हाम्रो इकोनोमि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले बिहीबार मातहतका सबै निकायलाई परिपत्र गरी अहिले बाढी, पहिरो, सरुवा तथा संक्रामक रोगको समय भएकाले देशभरीका सबै स्वास्थ्यकर्मीलाई विदामा नबसी काम गर्न आग्रह गरेको हो ।

‘यो मौसममा प्राकृतिक प्रकोप, बाढी पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएको हुँदा देशभरीको सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा कामकाज गर्न, विदामा नछोड्न, विना अनुमित स्वास्थ्य संस्थामा अनुपस्थित नहुन र कुनै पनि किसिमका बन्द हड्ताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न नगराउनसमेत अनुरोध छ’ सहसचिव मधुसुदन बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।

मन्त्रालयले यस्ता काम गरेमा कारबाही गर्ने पनि परिपत्रमा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...