नौ लाख मूल्यको मोबाइल चोरी



हाम्रो इकोनोमि

तुलसीपुरस्थित बिपी चोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । गए राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको चोकको सो पसलबाट झण्डै रु नौ लाख बराबरका ब्राण्डेड मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ ।

चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र चोरी गरेको त्यहाँ राखिएको सिसी क्यामराबाट देखिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले विभिन्न ब्राण्डका ३० वटा सेट मोबाइल चोरी भएको र चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार सिसी क्यामराको फुटेजका आधारमा पनि चोर पक्राउ गर्न मद्दत मिल्छ ।

तुलसीपुरस्थित मोबाइल इलेक्ट्रोनिक संघले घटनाको विरोधमा आज बिहान सबै मोबाइल पसलहरु बन्द गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...