नौ लाख मूल्यको मोबाइल चोरी



हाम्रो इकोनोमि

तुलसीपुरस्थित बिपी चोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । गए राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको चोकको सो पसलबाट झण्डै रु नौ लाख बराबरका ब्राण्डेड मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ ।

चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र चोरी गरेको त्यहाँ राखिएको सिसी क्यामराबाट देखिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले विभिन्न ब्राण्डका ३० वटा सेट मोबाइल चोरी भएको र चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार सिसी क्यामराको फुटेजका आधारमा पनि चोर पक्राउ गर्न मद्दत मिल्छ ।

तुलसीपुरस्थित मोबाइल इलेक्ट्रोनिक संघले घटनाको विरोधमा आज बिहान सबै मोबाइल पसलहरु बन्द गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...