मोदीको विशेष निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जाँदै, नेपाल कोरिया हिँडेपछि प्रचण्ड भारत जानुको यस्तो छ भित्री कुरा



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा नेकपाका अध्यक्ष दाहाल छिट्टै भारत भ्रमणमा जान लागेका हुन् । भारत भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका प्रमुख पार्टीका अध्यक्षहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

अध्यक्ष प्रचण्ड मोदिको निमन्त्रणामा साउन दोस्रो साता भारतको नयाँ दिल्ली जाने कार्यक्रम बनेको उनी निकट उच्च स्रोतले बताएको छ । भेटका अवसरका बदलिदो राजनीतिक परिस्थितिका सम्बन्धमा समिक्षा हुने स्रोतले बताएको छ । नेकपाका अर्का नेता माधव नेपाल कोरिया भ्रमणमा निस्किेपछि प्रचण्ड भारत जान लाग्नुको मुख्य कारण के हो बुझ्न गाह्रो छ । प्रचण्डले कि पार्टी अध्यक्ष कि प्रधामन्त्री एउटा चाहियो भन्दै यसरी मोदीलाई गुनासो पोख्दैछन् ।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि प्रचण्डलाई भारत भ्रमणको निम्तो आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...