मोदीको विशेष निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जाँदै, नेपाल कोरिया हिँडेपछि प्रचण्ड भारत जानुको यस्तो छ भित्री कुरा



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा नेकपाका अध्यक्ष दाहाल छिट्टै भारत भ्रमणमा जान लागेका हुन् । भारत भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका प्रमुख पार्टीका अध्यक्षहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

अध्यक्ष प्रचण्ड मोदिको निमन्त्रणामा साउन दोस्रो साता भारतको नयाँ दिल्ली जाने कार्यक्रम बनेको उनी निकट उच्च स्रोतले बताएको छ । भेटका अवसरका बदलिदो राजनीतिक परिस्थितिका सम्बन्धमा समिक्षा हुने स्रोतले बताएको छ । नेकपाका अर्का नेता माधव नेपाल कोरिया भ्रमणमा निस्किेपछि प्रचण्ड भारत जान लाग्नुको मुख्य कारण के हो बुझ्न गाह्रो छ । प्रचण्डले कि पार्टी अध्यक्ष कि प्रधामन्त्री एउटा चाहियो भन्दै यसरी मोदीलाई गुनासो पोख्दैछन् ।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि प्रचण्डलाई भारत भ्रमणको निम्तो आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...