राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज संसदको दैनिक कार्यसूचीबाट हट्यो



हाम्रो इकोनोमि

सरकारले प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको ुराष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ुलाई प्रतिनिधिसभाले बिहीबारको कार्यसूचीबाट हटाइएको छ। उक्त विधेयकसँग सम्बन्धित प्रस्तावहरूसमेत दैनिक कार्यूचीबाट हटाइएको हो।

सभामुख कृष्णबहादुर महराले दैनिक कार्यसूचीको क्रमसंख्या २ देखि ४ सम्म रहेको चिकित्सा शिक्षा विधेयक सम्बन्धि प्रस्तावहरू दैनिक कार्यसूचीबाट हटाइएको जानकारी दिएका थिए।

दैनिक कार्यसूचीको क्रमसंख्या २ मा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कांग्रेस सांसद गगनकुमार थापाले प्रस्ताव दर्ता गराएका थिए, जसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

थापाले जस्तै सांसद प्रेम सुवालले पनि विरोधको प्रस्ताव दर्ता गराएका थिए, उक्त प्रस्तावलाई पनि निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको थियो। कार्यसूचीको क्रमसंख्या ४ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ुराष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ु प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

उक्त विधेयकको विरोधमा डा। गोविन्द केसी जुम्लामा अनशनमा बसेका छन्। विधेयकको विरोधमा सडकमा प्रदर्शन हुँदै आएका छन्। सरकार किन विधेयक प्रस्तुत गर्नबाट किन पछि हट्यो भन्ने कुरा आएको छैन। यसअघि पनि यो विधेयकबारे सहमति नहुँदा सदन अवरुद्ध देखि विधेयक फिर्ता लिने सम्मका कार्य भएका छन्। संसदको अर्को बैठक असार ३१ गते आइतबारसम्मका लागि स्थगित भएको छ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...