धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’



हाम्रो इकोनोमि

धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ ।

हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफ्ूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो ।

पहिलो वर्ष यसपालि वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्र राईले जानकारी दिनुभयो । लुलाङमा आलु र मराङमा अलैँची खेतीका लागि एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरिएको राईले बताउनुभयो ।

मराङको हाङबाङमा गठन भएको मालीका कृषक समूहमार्फत दुई हेक्टर क्षेत्रफलमा रामशाही जातको अलैँचीको बिरुवा लगाइएको छ । यहाँ ४३ कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो ।

यसैगरी एक गाउँ एक उत्पादन कार्यक्रमका लागि आलुखेती छनोट भएको लुलाङमा बीउ भण्डारण गृह ९रस्टिक स्टोर० निर्माण भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७० हजार अनुदानमा बनाइएको भवनमा यसपाली फर्निचर र अन्य पूर्वाधारको व्यवस्था गरेर पूर्णता दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...