ज्यान मारेर बीस वर्ष फरार पाण्डेय प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिलाको ज्यान मारी पाण्डेय विसं २०५६ असार ५ गतेदेखि फरार रहेका थिए । हाल घरमा आई लुकिछिपी बसेको अवस्थामा नगरपालिका–७ सुडा झजपुरबाट पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

पक्राउ परेका पाण्डेयलाई हिरासतमा राखी कर्तब्य ज्यान अपराध शीर्षकमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...