सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनको माग



हाम्रो इकोनोमि

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ ।

महासंघ प्रतिनिधिमण्डलले आज कानूनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानून निर्माण हुनुपर्नेमा जोड दिएको हो । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएको हो ।

महासंघको माग पत्र बुझ्दै मन्त्री तामाङले विकास निर्माणमा बाधा पु¥याउने खालका सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान संशोधनका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिनिधिमण्डलमा महासचिव रामशरण देउजा, सदस्य शिव चौलागाईं, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायत सहभागी हुनुहुन्थ्यो ।

यसैबीच महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पाको बिरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम–कोरला नाका–अपर मुस्ताङ, तामखोला सडक खण्डको निर्माण कार्यमा संलग्न २० मजदुरको ट्रिपर दुर्घटनामा निधन भएकामा महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

विज्ञप्ति जारी गर्दै महासंघले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको उक्त दुर्घटनामा परी घाइते भएका १२ जनाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उचित उपचारको व्यवस्थाका लागि आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन स्थानीय तह, ट्रेड युनियन, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण व्यवसायीलाई अनुरोध गरेको छ । मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...