सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनको माग



हाम्रो इकोनोमि

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ ।

महासंघ प्रतिनिधिमण्डलले आज कानूनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानून निर्माण हुनुपर्नेमा जोड दिएको हो । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएको हो ।

महासंघको माग पत्र बुझ्दै मन्त्री तामाङले विकास निर्माणमा बाधा पु¥याउने खालका सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान संशोधनका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिनिधिमण्डलमा महासचिव रामशरण देउजा, सदस्य शिव चौलागाईं, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायत सहभागी हुनुहुन्थ्यो ।

यसैबीच महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पाको बिरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम–कोरला नाका–अपर मुस्ताङ, तामखोला सडक खण्डको निर्माण कार्यमा संलग्न २० मजदुरको ट्रिपर दुर्घटनामा निधन भएकामा महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

विज्ञप्ति जारी गर्दै महासंघले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको उक्त दुर्घटनामा परी घाइते भएका १२ जनाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उचित उपचारको व्यवस्थाका लागि आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन स्थानीय तह, ट्रेड युनियन, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण व्यवसायीलाई अनुरोध गरेको छ । मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...