नेपाली सेनामा हुन्छ यस्तो भष्टचार, जनही १ लाखदेखि ५ लाख रुपैयाँसम्म पैसा लिएर औँला नभएका र गर्भवतीलाई भर्ना



 

नेपाली सेनामा जनही १ लाखदेखि ५ लाख रुपैयाँसम्म पैसा उठाएर अयोग्य व्यक्तिलाई भर्ती गरेको पाइएको छ। केही महिनाअघि भर्ना भएका केही महिला गर्भवती रहेको, केहीका औँलासमेत नभएको र उचाइ नपुगेका तिनलाई पैसा खाएर भर्ती गरेको पाइएको हो।

 

अयोग्य व्यक्ति भर्ना भएको भेटिएपछि सैनिक मुख्यालयले छानबिन थालेको छ। सहायक रथी सीताराम खड्काको अध्यक्षतामा छानबिन समिति गठन गरिएको सैन्य स्रोतले जनाएको छ। सेनाका दुईजना मेजर अनुसन्धानको दायरामा आएका छन्।

 

तर, सेनाभित्रै छानबिन समितिको निष्पक्षतालाई लिएर गम्भीर प्रश्न उठेको छ। पैसा असुल्ने काममा कार्यरथी विभाग प्रमुखकै संलग्नता र नेतृत्वकै संरक्षण रहेको नाम उल्लेख नगर्ने सर्तमा एक सैनिक अधिकृतले जानकारी दिए। सेनापतिकै नजिक मानिने खड्कालाई छानबिन समितिको अध्यक्ष बनाएकोमा केही सैनिक अधिकृतले असन्तुष्टि जनाएको स्रोतको दाबी छ। ‘दोषीलाई बचाउने गरी समितिले काम गर्न सक्ने’ उनीहरूको आशंका छ।

 

रक्षामन्त्रालयबाटै छानबिनका लागि समिति बनाउन केही सैनिक अधिकृतले लबिङ गरेको समेत स्रोतले जनाएको छ।  पैसा असुल्ने काममा मेजर र त्योभन्दा तलका व्यक्तिलाई फसाएर ठूलालाई बचाउन खोजिएको ती अधिकृतले जनाएका छन्। भवन निर्माणमा पनि अनियमितताको आशंका सेनाभित्र भर्नाको मात्रै होइन, सैनिक मुख्यालयको नयाँ भवन निर्माणसमेत विवादमा परेको छ।

 

कम्तीमा ६ महिना लाग्ने मुख्यालयको निर्माण सम्पन्न नहुँदै उद्घाटनको तयारी गरेपछि भवन निर्माण विवादमा आएको हो। भवन उद्‍घाटन असार ३१ गते गर्ने प्रधानसेनापति राजेन्द्र क्षत्रीको तयारी छ। सेनापतिनिकट स्रोतले भवन निर्माण पूरा नभए पनि प्रधानसेनापति क्षत्रीले नयाँ भवनको नयाँ कार्यकक्षको मात्रै उद्घाटन गर्न लागेको पुष्टि गरेको छ।

 

भवन निर्माणका लागि कति रकम विनियोजन भएको हो भन्ने प्रधानसेनापति, लेखाका जर्नेल र इन्जिनियर जर्नेलबाहेकलाई थाहासमेत नदिइएको असन्तुष्ट सैनिक अधिकृतहरूको गुनासो छ। सेवा निवृत्त हुनुअगाडि नै भवनको उद्घाटन गर्न लागिएकोले अनियमितताको आशंका गरिएको छ।

 

‘काम पूरा भएको छैन, अहिले नै किन उद्घाटन गर्नुपर्‍यो?’ असन्तृष्ट अधिकृतहरू भन्छन्, ‘कतै भ्रष्टाचार लुकाउन त होइन? २०७२ भदौ २४ गते प्रधानसेनापतिमा नियुक्त सेनापति राजेन्द्र क्षत्री साउन २४ गतेदेखि बिदामा बस्नेछन्। सेनापति सेवा निवृत्त हुनुभन्दा एक महिनाअघि बिदा बस्ने परम्परा छ।

 

तर, काम पूरा नहुँदै भवन उद्घाटन गरेर जान खोजेकोले आंशका जन्मिएको असन्तुष्ट अधिकृतहरू बताउँछन्। बनाउने पनि सेना, अनुगमन गर्ने पनि सेना र पारित गर्ने पनि सेना क्षत्रीपछि प्रधानसेनापतिमा पूर्णचन्द्र थापा आउनेछन्। ठेक्का दिएको भवनमा अहिले दैनिक ३ सयभन्दा धेरै सैनिकले काम गरिरहेका छन्।

 

तर, त्यसविषयमा सेनाभित्रै मतभेद छ, सेनापति क्षत्रीको आदेशमा उनीहरूलाई काममा लगाइए पनि असन्तुष्ट पक्षले त्यसलाई गलत र कानुनविपरीत भनेको छ। ‘ठेक्का अर्कैले पाएको छ। काम चाहिँ हाम्रा जवानले गरिरहेका छन्,’ एक असन्तुष्ट अधिकृत भन्छन्, ‘यस्तो नमिल्ने काम किन गरिँदैछ?’ समय र निर्माणको प्राविधिक पक्षलाई ध्यान नदिई सैनिक मुख्यालयको निर्माण भइरहेको उनीहरूको आरोप छ।

 

मुख्यालय निर्माणको ठेक्का सूर्यबहादुर केसीलाई दिइएको छ। केसीले समयमै काम सम्पन्न गरेर नेपाली सेनालाई पूर्णरूपमा निर्मित भवन हस्तान्तरण गर्नुपर्नेमा अहिले दैनिक ३ सयभन्दा बढी सैनिक जवान भवन निर्माणमा लागेका छन्। ‘बनाउने पनि सेना, अनुगमन गर्ने पनि सेना र पारित गर्ने पनि सेना’, असन्तुष्ट समूह भन्छ, ‘यो के भइरहेको हो? बुझ्न सकिएन।

 

’  भवन निर्माणको छानबिन हुनुपर्नेमा उनीहरूको जोड छ। सैन्य भर्ना र मुख्यालय निर्माणमा प्रधानसेनापति राजेन्द्र क्षत्री विवादमा परेका छन्। तीनवर्षे कार्यकाल सकिन एक महिना पनि बाँकी नहुँदा सेनापति क्षत्रीका कमजोरी बाहिर आउन थालेका हुन्।

 

एक महिनाअघि मात्रै पनि प्रधानसेनापति क्षत्रीले वरीयता मिचेर महासेनानीमा नाम सिफारिस गरेको भन्दै सैनिक अधिकृतहरूले असन्तुष्टि जनाएका थिए। थाहखबरबाट

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक