राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट नहुने बताएका छन् । नेपालको परराष्ट्र नीतिबारेको संवादमा बोल्दै प्रधानमन्त्री ओलीले पञ्चशिलको सिद्धान्तमा आफू प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘हामीले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई बिर्सिएका छैनौं । तर, भूराजनीतिको नाममा सत्ता स्वार्थी, सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम गर्दैनौं । नेपालको राष्ट्रिय नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने हामी स्वीकार्दैनौँ ।

नेपाल एउटा जिम्मेवार, विश्व शान्ति र न्यायको पक्षधर रहेको ओलीले बताए । राष्ट्रिय हितमा अडान नलिएर भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम आफूबाट नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...