विदेशमा ज्यान गुमाएकाको परिवारलाई रु तीन लाख



हाम्रो इकोनोमि

रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

न महिनाअघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ–९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवारलाई सोमबार वालिङमा रु दुई लाख ८१ हजार ६०६ प्रदान गरिएको हो ।

दक्षिण अफ्रिकामा पुलिस विभागमा कार्यरत रामप्रसाद पन्तको पहलमा सोही देशमा कार्यरत नेपालीबाट संकलन गरिएको रकम मृतकमा पिता भीमप्रसाद प्रधानलाई हस्तान्तरण गरिएको हो ।

“२७ वर्षको अल्पायुमै विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको परिवारलाई परेको दुःखमा सान्त्वना दिनका लागि सानो सहयोग संकलन गरी हस्तान्तरण गरेका छौं” पहलकर्ता पन्तले भन्नुभयो, “यो रकमले ५ वर्षीया छोरीको शिक्षा दिक्षामा केही सहयोग हुने विश्वास लिएको छु ।”

झण्डै तीन महिनाअघि विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याई पु¥याउन तीन साता लागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...