१५ करोड कमिशनको खेलमा मन्त्री यादव केपी ओलीको प्रस्ताव ठाडै अस्वीककार



हाम्रो इकोनोमि

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक रिक्त भएको १ महिना बित्दा पनि नियुक्ति गर्न सकेका छैनन् ।

तेल भण्डारणका लागि जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार आरोप लागेपछि मन्त्रालयमा तानिएका गोपाल खड्काले जेठ २४ मा निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएपछि पद रिक्त भएको हो । लामो समयसम्म निगममा फर्किन खोजेका खड्काको प्रयास सार्थक हुन नसकेपछि उनले राजीनामा दिएका थिए ।

खड्काले राजीनामा दिनुअघि र त्यसपछि पनि निगम निमित्त कार्यकारी निर्देशकका भरमा संचालन हुँदैआएको छ । कार्यकारी निर्देशक नभएका कारण निगमको कामकारबाहीमा असर परिरहेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव भने कार्यकारी निर्देशक नियुक्तिको विज्ञापन निकाल्ने अझै सुरसार गरेका छैनन् । निगमको कार्यकारी निर्देशक छनोटका लागि सार्वजनिक विज्ञापन निकाल्नुपर्छ ।

तर एक महिनासम्म पनि मन्त्री यादवले नियुक्तिका लागि प्रक्रिया सुरु गरेका छैनन् । मन्त्री यादबलाई निगमको कार्यकारी निर्देशकको लागि कसले बढी कबोल गर्छ भन्दै मोलमोलाईमा लागेको आरोप छ । निगमको कार्यकारी निर्देशक हुन आकांक्षा राख्ने मुकुन्द घिमिरे र अनिलकुमार झा लगायतका सरकारका पूर्वउच्च अधिकारीसँग पनि मन्त्री यादवले भेट गरिसकेका छन् ।

निगमको कार्यकारी निर्देशकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलको नाम लिए पनि मन्त्री यादवले उनको नाम ठाडै अस्वीकार गरेका छन् ।

मन्त्री यादव २०६४ मा जनयुद्धलगत्तै क्रान्तिकारी थिए । वनमन्त्री हुँदा भ्रष्टाचार गर्ने तत्कालीन ललितपुरका एलडीओ डुन्डुराज घिमिरेलाई शौचालयमा थुनेर चर्चा पनि कमाए ।

तर पछिल्लो समय उनी धनार्जनतिर केन्द्रित हुन थालेका छन् । उनले आयल निगमको कार्यकारी निर्देशकका लागि १५ करोड रुपैयाँसम्म दिने दाता खोजिरहेकाले पनि नियुक्ति प्रक्रिया लम्बिन पुगेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...