श्रमिकलाई समझदारी अनुसारको सुविधा नदिने कम्पनीलाई सरकारले डण्दित गर्नुपर्छ : चौलागाईं



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा यहाँ सोमबार आयोजित कार्यक्रममा उहाँले यस व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन श्रमिकलाई सम्झौता अनुसारको कार्य नगर्ने कम्पनीलाई सरकारले दण्डित गर्नुपर्ने बताउनुभयो ।

कीर्तिमानी आरोही आङकामी शेर्पाले वैदेशिक रोजगारमा गएर ठगिएका पीडितलाई निरन्तर सहयोग दिने उद्देश्यका साथ स्थापित उक्त संस्थासँग आफूले सहकार्य गर्ने बताउनुभयो ।

संघका अध्यक्ष दीपक राउत क्षेत्रीले विदेशमा रहेका नेपाली श्रमिक कुनै पनि रुपमा ठगिएर आफ्नो संस्थामा उजुरी आए उनीहरुलाई न्याय दिन आफूहरु क्रियाशील रहेको बताउनुभयो । उक्त कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका पनि विमोचन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...