पाँच करोड कमीसनको खेलमा यातायात मन्त्री महासेठ,कमीसन आउने भएपछि सिण्डिकेटधारीकै पक्षमा, भने तपाँइहरुलाई डुब्न दिन्न



 

 

मन्त्री रघुवीर महासेठ पाँच करोडको कमीसनको खेलमा लागेका छन । बिषेश स्रोतका अनुसार यातायात ब्याबासाहीले पाँच करोड दिने भएछि मन्त्री महासेठ सिण्डिकेटधारीकै पक्षमा लागेको बुझिएको छ । उनले भने ब्यापारीलाई डुब्न दिन्न जसरी पनि तपाँईहरुको मा पुरा गर्ने छु ।

 

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले गरेको उपभोक्तामुखि कदमलाई सरकार मेटाउन लागि परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले कुनै पनि प्रकारका सिण्डिकेट र कार्टेलिङ स्वीकार्य नहुने उर्दी लगाईरहेकै छन् ।

 

आम नागरिक तथा उपभोक्ताले सुनिरहेकै छन् । तर, त्यही सरकारका यातायातमन्त्री रघुवीर महासेठ सिण्डिकेट पुनःस्थापनामा लागि परेका छन् ।

 

उनले सिण्डिकेट तोड्ने साहस राख्ने महानिर्देशकलाई मात्रै हटाएनन्। यातायात व्यवस्था विभागलाई अहिलेसम्म नेतृत्वविहीन राखेका छन् । उनकै डिजाईनमा सिन्डिकेट हटाउन भनी एउटा कार्यदल बन्यो । त्यो कार्यदल के गरिरहेको थाहा छैन ।

 

साउन १ देखि यातायात समितिको नवीकरण नहुने र ती समितिको अस्तित्व नै नरहने भनिएको थियो । अहिलेसम्म मन्त्रीले गठन गर्न लगाएको कार्यदलले यो विषयको प्रतिवेदन त के मस्यौदासम्म बनाउन सकेको छैन । त्यो कार्यदलको बुद्धि पनि उल्टोतिर हिँडिरहेको छ । कार्यदलले ‘संक्रमणकालीन समाधानको नाउमा यातायात समितिलाई नै तालाचाबी सुम्पिने जुक्ति निकालेको छ ।

 

संक्रमणकाल भनेको के ?, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रमेलाल महर्जनले प्रश्न गर्दै भने, ‘यो संक्रमणकाल भन्ने हुँदैन । यो राजनीतिक शब्द हो । कि कार्यदलमा भएका साथीहरुले पनि राजनीति गर्न खोजेको ? यो गलत शब्द प्रयोग गरेर नागरिकलाई बेवकुफ बनाउन खोजेको हो ।’

 

उनले यो त सोझौ चोरलाई चाबी बुझाएको सरह हो । यो सरकारप्रति नागरिकको विश्वास मर्यो भन्ठान्नुस्, उनले भने, ‘मूल्यवृद्धि गर्ने, कालाबजारी गर्नेसँग हात मिलाउने सरकार, सिण्डिकेटधारीसँग सुत्ने सरकार, मेडिकल माफीयासँग भात खाने सरकारलाई जनताले विश्वास गर्नै सक्दैनन् । पञ्चायतमा समेत यस्तो थिएन । गल्ति गर्नेलाई कारबाही हुन्थ्यो त्यो बेला ।’ अहिले मन्त्री नै सिण्डिकेटधारीका नाइके भएका छन् ।

 

मन्त्री महासेठले मन्त्रालयका सहसचिव केशव शर्माको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका छन् । त्यो कार्यदलले ७ दिनभित्रमा प्रतिवेदन दिन सक्थ्यो । दुई–दुई महिनासम्म मस्यौदा समेत गर्न सकेको छैन । संयोजक शर्मा विज्ञहरुसँग छलफल भईरहेको छ, भनिरहेका छन् ।

 

त्यो कार्यदलमा जम्मा एक जना मात्रै विज्ञ छन्, शरदचन्द्र पौडेल । यातायात व्यवसायीतर्फका विज्ञलाई सोधिएकै छैन, छलफल भईरहेको भन्ने कुरा हावा हो भन्छन्, उनकै कार्यदलका सदस्यहरु ।

शर्मा सरोकारवालाहरूसँग छलफल गरिरहेकाले प्रतिवेदन आउन समय लाग्ने भन्दैछन् । प्रतिवेदन कहिले आउँछ भन्ने कुरा उनलाई नै पत्तो छैन । बरु, उनले केही समयका लागि संक्रमणकालीन उपाय दिने प्रयास गरिरहेका छौँ, भनिदिए ।

 

अनि यातायात व्यवस्था विभागले यातायात सञ्चालनका लागि आफ्नो हिसाबले तयारी गर्नुपर्छ समेत भन्छन्, उनी । विभाग भने मन्त्रालय र मन्त्रीले बनाएको कार्यदलले दिएको प्रतिवेदनअनुसार मात्र आफूहरू अघि बढ्ने भनिरहेको छ ।

 

७ दिनमै प्रतिवेदन दिन सकिन्थ्यो
कार्यदल गठन गर्नै तीन हप्ता लागेको थियो । जेठ १७ मा गठन भएको कार्यदलले १६ असारमा अध्ययन प्रतिवेदन बुझाउनुपर्ने थियो । तर उसले थप १ महिना समय मागेको छ । अझै पनि साउन १५ अघि प्रतिवेदन आउने कुनै मेसो छैन । यसबीचमा संक्रमणकालीन व्यवस्थापनको उपाय दिइने, बताउँदै छन् कार्यदलका संयोजक शर्मा ।

विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईले एक महिनाभित्र कम्पनी सञ्चालनको मोडालिटी लगायत अन्य तयारी गर्नेगरी काम अगाडि बढाएका थिए ।

 

भट्टराईले साउन १ देखि के गर्ने भन्ने समाधान खोजिरहेकै बेला मन्त्रीले कु’ गरे । भट्टराईलाई जिम्मेवारीबाट हटाईएपछि सबै कुरा पछि धकेलियो । गोलमाल गर्न मन्त्रालयले कार्यदल बनायो । त्यसपछि विभाग मौन छ ।

 

तत्कालीन महानिर्देशक भट्टराई, ७ दिनमा प्रतिवेदन आउँथ्यो भन्छन् । उनले अगाडि भने, ‘७ दिनमा प्रतिवेदन मात्र होईन । देशभरको व्यवस्थापन हुन्छ । त्यति मात्रै होईन कुन बस कहाँ रोकिने भन्ने बस स्टप र बसपार्कको समेत व्यवस्थापन भइसक्छ । गर्ने मनसाय भए ।

 

नभए जति लम्ब्याए, तन्काए पनि हुन्छ ।’ एक दुई वटा ऐन बनाउने कुरामा समय लाथ्यो होला । त्यो पनि चोहेको भए छोटोबाटोबाट ल्याउन सकिन्थ्यो । एक महिनामा आम नागरिकले सिण्डिकेट हटेको महसुस गर्ने अवस्था सिर्जना गरिसकेका थियौँ । त्यो हुन सकेन ।’

 

औचित्यहिन कार्यदल
कार्यदल ढाकछोपका लागि बनाईएको हो । यसको कुनै औचित्य छैन । कार्यदल बनाउनु पर्ने आवश्यकता थिएन । यो सबै मन्त्रीको चाहाना अनुसार भईरहेको छ ।

 

संक्रमणकाल लागेको भए, आपत आईलागेको भए, उहाँलाई नै लागेको होला । एक जना विज्ञले भनेका छन्, ‘यी मन्त्रीमा कुनै भिजन छैन । उनलाई एउटा सानो पुलको डिजाईन गर्नेले नचाईदिन्छन् ।’ नेकपाले उनको विकल्प सोच्नु नै बुद्धिमानी हुन्छ ।

 

विगतका मन्त्रीहरुको पनि ताल यस्तै थियो ? 
जिम्मेवारीविहिन बनाईएका महानिर्देशक भट्टराईले रमेश लेखकको पालामा केही फरक अनूभूति भएको सुनाए । उनले भने, ‘रमेश लेखकले कानुन बमोजिम काम कसरी गर्ने भन्ने कुरा तपाईहरु आफैले जान्ने कुरा हो । स्वतन्त्र भएर काम गर्नुस् । मलाई विभागीय रुपमा रिजल्ट मात्रै चाहियो ।

 

छिसिक्क पनि, कतै लाईसेन्स विक्रि भएको मात्रै थाहा पाएँ भने पहिलो कारबाहीको भागिदार महानिर्देशक नै हो, भन्नु भएको थियो उहाँले ।’ धेरै सुधार पनि भयो । मैले ४० वर्षदेखि सिण्डकेट हटाउने आधार पनि त्यही बेला तयार पारेको हो । ५ महिनामा तयार हुँदो रहेछ । गर्ने चाहाना भित्रैदेखि राखे एक महिनामा धेरै काम हुन्छ । यातायात क्षेत्र पूरै व्यवस्थित हुन्छ ।

 

देशभर करिब ४ सय यातायात समितिमार्फत सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ । यी समितिहरू एनजीओजस्तै भएकाले सरकारले नवीकरण नगर्ने निर्णय गरिसकेको छ । अहिलेसम्म नयाँ कार्यविधि अनुसार व्यवसायीहरु कम्पनी ऐन अन्तर्गत विभागमा पञ्जीकरण गर्न गएका छैनन् ।

 

भट्टराई के गर्दै छन् ? 
सिण्डिकेटविरुद्ध आक्रामक रुपमा लागेका भट्टराईलाई सरकारले नाटकीय रुपमा हटायो । सुरुमा श्रममा तान्यो । श्रममा हाजिर हुने दिन बाटैमा यातायात मन्त्रालयमा हाजिर हुनु भनि चिठ्ठी थमायो ।

 

अहिले उनी हाजिर गर्न मात्रै मन्त्रालय पुग्छन् । हाजिर लगाउन कति नै समय लाग्छ र ? बढीमा दुई सेकेण्ड ! मेरो काम त्यति मात्रै हो, हाजिर लगाएर घर फर्किनु । किन ? बस्नलाई कुर्सी र टेबुल समेत नभएपछि म त्यहाँ कहाँनेर बसेर समय काट्नु, जवाफमा उनले भने । जिम्मेवारी दिईएको छैन ।

 

उनले भने, ‘विशेष जिम्मेवारी दिने भनेर ल्याईएको थियो । जेठ ३ गते पहिलो हाजिर गरेको हुँ, मन्त्रालयमा ।’ कानुनी रुपमा एक महिना भन्दा बढी कुनै कर्मचारीलाई जिम्मेवारीविहिन बनाउन पाइँदैन ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक