चीनले अनुदानमा दिएको तेल लिलाम गर्दा पनि बिक्रि हुनसकेन, १० हजार ६ सय लिटर तेल खेर गयो



 

चीन सरकारले अनुदानमा दिएको खाने तेल लिलाम गर्दा पनि बिक्री हुन सकेको छैन । अनुदानबाट प्राप्त तेल बिक्री नहुँदा गोदाममै बिग्रेको छ । संस्थानका अनुसार नाकाबन्दीको समयमा चीन सरकारले १० हजार ६ सय लिटर तेल अनुदानस्वरूप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।

 

भूकम्पपछिको पुनर्निर्माण तथा राहतका लागि चीनले नेपाललाई उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाएअनुसार अनुदान दिएको थियो ।

 

अनुदानको रकमबाट कटाउने गरी उपलब्ध गराएको तेल गोदामै बिग्रेको हो । उक्त तेल लिलामी गर्दा पनि बिक्री भएको छैन । ‘अनुदानको तेल लिलाम बिक्रीका लागि ३ पटक सूचना प्रकाशित गर्‍यौं,’ खाद्य संस्थानका बिक्री वितरण विभाग प्रमुख सुरेन्द्र विष्टले भने, ‘तर, बिक्री हुन सकेको छैन ।’ उनका अनुसार दुईपटकको सूचनाबाट बिक्री नभएपछि मूल्य घटाएर पुनस् सूचना प्रकाशित गरिएको थियो ।

 

‘लिलाम गर्न न्यूनतम ८० रुपैयाँ निर्धारण गरेका थियौं । व्यवसायीले रुचि देखाएनन्, निवेदन परेन,’ विष्टले भने, ‘त्यसपश्चात मूल्य घटाएर असार २१ गते तेस्रो सूचना प्रकाशित गरेका छौं ।’ संस्थानले त्यसपश्चात् बजार मूल्य अध्यययन गरेर न्यूनतम प्रतिलिटर ४० रुपैयाँ तोकेको छ । ‘बजार मूल्य अध्ययन गरेर ४० रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘व्यवसायीहरू इच्छुक देखिँदैनन् ।’

 

खानाका लागि योग्य नभएकाले साबुन उद्योगका लागि उत्तम हुन्छ । ती उद्योगहरूले पनि इच्छा देखाएका छैनन् । संस्थान स्रातको अनुसार प्रतिलिटर ३० रुपैयाँसम्ममा खरिद गर्ने मौखिक जानकारी गराए पनि प्रस्तावचाहिँ पेस गरेका छैनन् । खाने तेलसँग मिसावट गर्ने सम्भावना छैन ।

 

त्यसैले किन्न आएका ती अधिकारीले बताए । ‘उक्त तेलले बद्मसी गर्न सक्दैनन्,’ ती अधिकारीले भने, ‘निवेदन पनि पेस गरेका छैनन् ।’ संस्थानका अनुसार अनुदानको तेल आएपछि म्याद हुन्जेल सरकारी निकायबाट अनुमति भएन । स्रोतले म्याद नाघेपश्चात् बिक्रीमा समस्या भएको जनाएको छ ।

 

संस्थानका प्रवक्ता एवम् योजना विभाग प्रमुख शंकर सापकोटाले सञ्चालक समितिको निर्णयबाट न्यूनतम मूल्य तोकिए पनि बिक्री नभएको बताए । ‘सबै अध्ययन विश्लेषण गरेर मूल्य तोक्दा पनि बिक्री भएन । अचम्ममा परेका छौं,’ उनले भने । खाद्य प्रविधिमा परीक्षणका लागि पठाउँदा थप लम्बिएको उनले बताए ।

 

चीनले ५३ वटा ड्रममा पठाएको थियो । ती ड्रममा लेबल छैन । सबै चिनियाँ अक्षरमा लेखिएकाले केको तेल भन्ने नै जानकारीमा छैन । ‘खानेरनखानेरकेको तेलरकेही उल्लेख छैन,’ उनले भने, ‘ड्रममा चिनियाँ अक्षरमा केही लेखिए पनि केही बुझिँदैन ।’ उक्त तेललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा कैफियत भेटिएको थियो ।

तेल परीक्षण गर्दा खान नमिल्ने देखिएको थियो ।

 

‘खाद्य ऐनअन्तर्गत न्यून गुणस्तरको देखिएको उक्त तेल खान नमिल्ने प्रतिवेदन हामीले संस्थानलाई पत्रचार गरेका थियौं,’ विभागका एक अधिकारीले भने ।

 

विभागका अनुसार सामान्तया ० दशमलव ५ भन्दा कम ‘एसिड भ्यालु’ भएको तेल मात्र उपभोग्य गुणस्तरको हुन्छ । तर, प्रयोगशाला परीक्षणका क्रममा उक्त तेलको एसिड भ्यालु १ दशमलव ५ थियो । उक्त तेल प्रशोधित वा कच्चा के हो भन्नेसम्म पनि स्पष्ट हुन सकेको छैन । कच्चा तेल प्रशोधन गर्ने प्रयोजनबाहेकमा आयात गर्न पनि प्रतिबन्धित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक