रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने बढे



हाम्रो इकोनोमि

रसुवागढी नाकाबाट चीनतर्फ जाने पर्यटक एवं धार्मिक यात्रु दिनानुदिन बढ्न थालेका छन् ।

अध्यागमन कार्यालय रसुवागढीका अनुसार रसुवागढी नाका हुँदै चीन जाने पर्यटकको संख्या १० हजार ७५६ नाघिसकेको छ । समग्रमा ५० भन्दा बढी देशका पर्यटक यस नाका हुँदै चीनतर्फ जाने गरेका छन् ।

यसैगरी कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रुको संख्या पनि तीन हजार ७४७ पुगेको अध्यागमन कार्यालयले जनाएको छ । भारतीय यात्रु दिन प्रतिदिन बढदै गएका छन् ।

प्रवेशाज्ञा प्रणालीबाट आएका पर्यटक तथा यात्रुको चाप बढ्न थालेपछि छ जना कर्मचारीलाई कार्य सम्पादन गर्न मुस्किल परेको अध्यागमन प्रमुख मनोजकुमार पोखरेलले बताउनुभयो । पर्यटकबाट प्रवेशाज्ञा शुल्कबापत रु २४ लाख ५६ हजार ४०७ राजश्व संकलन भएको छ ।

पर्यटक तथा मानसरोवर यात्रुको आगमनले व्यवसाय पनि निकै फस्टाउन थालेको यहाँको होटल व्यवसायीले बताएका छन् । हुम्लाको सिमिकोटदेखि हेलिकोप्टरबाट हिल्सा हुँदै मानसरोवर जाने भारतीय तीर्थयात्रु भने गत वैशाखदेखि मोटर बाटो प्रयोग गरेर रसुवा हुँदै त्यसतर्फ जान थालेको अध्यागमनका अभिलेखकर्ता मानबहादुर बरालले बताउनुभयो ।

रसुवागढी नाका पर्यटक र कैलाश मानसरोवर धार्मिक यात्रामैत्री मार्ग बनाउने कार्यको थालनी भएको र पहिलो चरणमा सडक व्यवस्थित गर्ने, निर्बाध रुपमा आवतजावतको वातावरण सिर्जना गर्ने, पर्यटकमैत्री बजार व्यवस्थापन गर्ने, पर्यटकको सुविधाका लागि सरोकारवाला निकाय वा संघ संस्थाबाट रात्रिकालीन सेवाको साथै अध्यगमन कार्यालयको कामलाई डिजिटल प्रणालीमा लैजाने प्रयास जारी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

कालिका गाउँपालिकाअन्तर्गत राम्चे क्षेत्रको मुलखर्क तथा राम्चे क्षेत्रमा पहिरोको सम्भावनालाई मध्यनजर राख्दै प्राविधिक र पहिरो हटाउने उपरकरणसमेत राखी सडक सुधारका काम समेत भइरहको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...