कुखुराको मासु पोखेको विवादमा युवकको हत्या, एक सेना पक्राउ



हाम्रो इकोनोमि

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, जीतपुरकाउमेश कार्कीको हत्याम अभियोगमा नेपाली सेनाका कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली सेनाको नयाँ सबुज गण दरबन्दी भएका प्यूठ राम सागर चौधरी र काठमाडौंको सानो भर्यायङका गंगाराम चौधरी छन् ।

यसअघि १५ असारमा कार्कीमाथि फलामको रड र धारिलो हतियार चक्कु प्राहर भएको थियो । लगत्तै, जिल्ला प्रहरी कार्यालय, भक्तपुरले अनुसन्धान थालेको थियो ।

भक्तपुरका प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलका अनुसार सामान्य विषयमा विवाद हुँदा कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

‘मादक पदार्थ सेवन गर्ने क्रममा पकाएको कुखुराको मासु पोखिएको विवादमा कार्कीमाथि हतियार प्रहार भएको अनुसन्धानबाट खुलेको छ’, पोखरेलले भने, ‘घटनामा अन्य ३ जना पनि संलग्न भएको देखिएको छ । हामीले खोजीलाई व्यापक बनाएका छौं ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...