कुखुराको मासु पोखेको विवादमा युवकको हत्या, एक सेना पक्राउ



हाम्रो इकोनोमि

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, जीतपुरकाउमेश कार्कीको हत्याम अभियोगमा नेपाली सेनाका कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली सेनाको नयाँ सबुज गण दरबन्दी भएका प्यूठ राम सागर चौधरी र काठमाडौंको सानो भर्यायङका गंगाराम चौधरी छन् ।

यसअघि १५ असारमा कार्कीमाथि फलामको रड र धारिलो हतियार चक्कु प्राहर भएको थियो । लगत्तै, जिल्ला प्रहरी कार्यालय, भक्तपुरले अनुसन्धान थालेको थियो ।

भक्तपुरका प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलका अनुसार सामान्य विषयमा विवाद हुँदा कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

‘मादक पदार्थ सेवन गर्ने क्रममा पकाएको कुखुराको मासु पोखिएको विवादमा कार्कीमाथि हतियार प्रहार भएको अनुसन्धानबाट खुलेको छ’, पोखरेलले भने, ‘घटनामा अन्य ३ जना पनि संलग्न भएको देखिएको छ । हामीले खोजीलाई व्यापक बनाएका छौं ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...