व्यवहारिक शिक्षा नै अहिलेको आवश्यकता भएकोले अबको शिक्षा सीप र उत्पादनमा आधारित हुने भन्दै मन्त्री पोखरेलले यसो भने



हाम्रो इकोनोमि

सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो ।  अभियानकै शुरुआतमा आज देशभरि नै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा सीप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुने बताउनुभयो । उहाँले नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न पनि प्राविधिक र व्यावहारिक शिक्षा आवश्यक रहेको बताउनुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार पार्न सरकार प्राविधिक शिक्षामा लगानी बढाई यसको विस्तार गर्ने योजनामा रहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी० लाई पुनर्गठन गर्ने तयारी गरिएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “चिकित्सा क्षेत्रमा सुधारकै लागि भनी अब डा गोविन्द केसीले पटक पटक अनशन बस्नु पर्दैन । सबै मुद्दाको समाधान वार्ताको माध्यमबाट खोजिनुपर्छ ।”

कार्यक्रममा शिक्षा सचिव खगराज बरालले प्राविधिक शिक्षामा विगतको भन्दा अहिले जागरण बढेको जस्तो देखिए पनि जनशक्ति उत्पादनमा भने अझै कमजोरी रहेको बताउनुभयो । कार्यक्रममा सांसद एवं अनेरास्ववियुका अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अखिल ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले सरकारले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिटिइभिटीका सदस्य सचिव पुष्प वाग्ले, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेल तथा निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष शैलेन्द्रमोहन झालगायतले सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने बताउनुभयो ।

प्रभातफेरीमा शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, निजी प्राविधिक शिक्षालय महासंघलगायत प्राविधिक शिक्षासँग सरोकारवाला संस्था तथा प्रतिनिधिको सहभागिता रहेको थियो  ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...