विदा हुने बेला भावुक हुँदै सिइओ भुसालले भने,सरकारले धन्यवाद समेत दिएन



हाम्रो इकोनोमि

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएका छन् ।  पदमुक्त गरिएको पत्र दिँदा  भावुक हुँदै सिइओ भुसालले भने  सरकारले धन्यवाद समेत दिएन  ।

पत्रकार भेटघाट कार्यक्रममा सिइओ भुसालले सरकारले पठाएको अवकास पत्र पढेर सुनाउँदै सरकारले चालेको कदम भने स्वागत योग्य रहेको बताएका छन् ।

आफ्नो साढे ८ महिना कार्यकाल सफल भएको बताउदै अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए । सरकारले आफूलाई लक्षित गरि पदमुक्त गरेको नभई २०७४ भदौ १४ देखि फागुनसम्म अघिल्लो सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई सेवामुक्त गरेकोले त्यसमा कुनै गुनासो नरहेको उनको भनाई थियो ।

आफ्नो कार्यकालमा निजी आवास पुनर्निर्माणतर्फ २ लाख ३५ हजार भन्दा बढी घर निर्माण भएको, ५ लाख ४ हजार भन्दा बढी घर निर्माण भइरहेको, ७ लाख १२ हजार बढीले पहिलो किस्ता, ४ लाख ४१ हजारले दोश्रो किस्ता र १ लाख ९४ हजार बढीले तेश्रो किस्ता रकम पाएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...