तरकारीखेतीमा आधुनिकताले फड्को मार्दै



हाम्रो इकोनोमि

एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ ।

तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ ।

तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । ठूलो क्षेत्रफलमा र ठूलो लगानीमा तरकारीखेती गर्ने किसानको संख्या बढिरहेको छ । उहाँले भन्नुभयो “नेपाल धेरैखालका तरकारीमा आत्मनिर्भरसमेत बन्दैछ ।”

एक दशक पहिलेसम्म पनि अरुले गरेको देखासिकी गर्ने किसान धेरै थिए । अहिले शिक्षित र तालीम प्राप्त किसानको वर्चस्व वर्षैनी बढ्दैछ । अधिकृत जोशीका अनुसार नयाँ पुस्ताले तरकारीखेतीमा प्रविधिको प्रयोग बढाएका छन् र उत्पादन पनि ह्वात्तै बढेको छ । एक दशकयता थोपा सिँचाइ, प्लाष्टिक पोखरी, कौसीखेती र कतिपय युवाले हावामा गरिने खेतीसमेत थालेका छन् ।

तरकारीखेतीमा यो एक दशकमा उत्पादन र प्रविधिको प्रयोगका हिसाबले ठूलो फड्को मारेको उहाँको भनाइ थियो । देशभित्रै तरकारीको माग र उत्पादन दुवै बढिरहेको छ । एक दशक पहिलेसम्म ग्रामीण भेगमा काउलीको तरकारी खानका लागि दशैँ कुर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अधिकृत जोशीले भन्नुभयो, “अन्नसँग तरकारी साट्ने चलन दुर्गम जिल्लामा पाइन्थ्यो तर अहिले यस्तो अवस्था छैन ।”

लसुन र प्याजबाहेक अधिकांश तरकारीमा देशभित्रैको उत्पादनले धान्ने अवस्था रहेको निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...