तरकारीखेतीमा आधुनिकताले फड्को मार्दै



हाम्रो इकोनोमि

एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ ।

तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ ।

तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । ठूलो क्षेत्रफलमा र ठूलो लगानीमा तरकारीखेती गर्ने किसानको संख्या बढिरहेको छ । उहाँले भन्नुभयो “नेपाल धेरैखालका तरकारीमा आत्मनिर्भरसमेत बन्दैछ ।”

एक दशक पहिलेसम्म पनि अरुले गरेको देखासिकी गर्ने किसान धेरै थिए । अहिले शिक्षित र तालीम प्राप्त किसानको वर्चस्व वर्षैनी बढ्दैछ । अधिकृत जोशीका अनुसार नयाँ पुस्ताले तरकारीखेतीमा प्रविधिको प्रयोग बढाएका छन् र उत्पादन पनि ह्वात्तै बढेको छ । एक दशकयता थोपा सिँचाइ, प्लाष्टिक पोखरी, कौसीखेती र कतिपय युवाले हावामा गरिने खेतीसमेत थालेका छन् ।

तरकारीखेतीमा यो एक दशकमा उत्पादन र प्रविधिको प्रयोगका हिसाबले ठूलो फड्को मारेको उहाँको भनाइ थियो । देशभित्रै तरकारीको माग र उत्पादन दुवै बढिरहेको छ । एक दशक पहिलेसम्म ग्रामीण भेगमा काउलीको तरकारी खानका लागि दशैँ कुर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अधिकृत जोशीले भन्नुभयो, “अन्नसँग तरकारी साट्ने चलन दुर्गम जिल्लामा पाइन्थ्यो तर अहिले यस्तो अवस्था छैन ।”

लसुन र प्याजबाहेक अधिकांश तरकारीमा देशभित्रैको उत्पादनले धान्ने अवस्था रहेको निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...