मन्त्री रघुवीर महासेठकै योजनामा सिन्डिकेट फर्काइँदै, अध्यक्षले कुटे कर्मचारी



 

यातायात क्षेत्रको विकृति हटाउन यातायात व्यवस्था विभागले गत १८ चैतदेखि कारबाही थालेको थियो । तर सिन्डिकेटविरुद्ध निर्णायक कारबाहीमा उत्रिएका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई हौसला दिनुको सट्टा अचानक मन्त्रालय तानियो ।

 

३१ वैशाख ०७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निर्णयबाट मन्त्रालय हाजिर गराइएका भट्टराईलाई बस्ने कोठा र कुर्सीसमेत छैन ।

 

नयाँ पत्रिका दैनिकका अनुसार त्यसैले सहसचिव भट्टराई बिहान १० बजे हाजिर गर्न मन्त्रालय पुग्ने गरेका छन् तर गर्ने काम र बस्ने ठाउँ नभएकाले ११ बजे नै फर्कने गरेका छन् ।

 

नयाँ पत्रिका लेख्छ– देशभर शक्तिशाली ५ यातायात समिितसहित करिब ४ सय सार्वजनिक यातायात समिति एनजीओका रुपमा अहिले पनि बहाल छन् ।

प्रतिवेदन मन नपरेपछि अध्यक्षले कुटे कर्मचारी

शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् ।

 

नयाँ पत्रिका दैनिकका अनुसार जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् ।

प्रतिवेदन बुझाएपछि गाउँपालिका अध्यक्ष हरिचन्द्रले आफूमाथि कुटपिट गरेको बताए ।

 

शिक्षाको गुणस्तर उकास्नकमा लागि गाउँपालिकाले स्रोतव्यक्ति कमललाई अध्ययन प्रतिवेदन तयार गर्न लगाएको थियो । त्यसमा उनले विद्यालय नपढाउने, काम नगर्ने, छात्रवृत्ति वितरण नगर्ने शिक्षक र विद्यालयको सूची तयार पारेका थिए

। सूचीमा अध्यक्ष हरिचन्द्रकै आफन्त देखिएपछि प्रतिवेदन तयार गर्ने व्यक्तिलाई नै कुटपिट गरिएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

 

४ वैशाखमा मन्त्रिपरिषदको बैठकले असार मसान्तसम्म ती समिति कम्पनीमा दर्ता र नवीकरण हुनुपर्ने हो । तर तोकिएको समय सकिन ८ दिन बाँकी छँदा अरनिको यातायात समितिबाहेक अन्य कुनै पनि समिति कम्पनीअन्तर्गत दर्ता हुन आएका छैनन् ।

 

सरकारी निर्णय उल्ट्याएर पुनः एनजीओका रुपमा यातायात समिति दर्ता र सञ्चालन गर्ने कसरतमा यातायात व्यवसायी छन् । यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्दा कमाएको नाफाबाट १ रुपैयाँ पनि कर तिरेका छैनन् । तर यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चुपचाप छ । उल्टो मन्त्री महासेठ नै सिन्डिकेट फर्काउने योजनामा लागेका छन् ।

नेकपाद्वारा तीन सदस्यीय कार्यदल गठन 
नेपाल कम्युनिस्ट पार्टीले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जन गरी अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल बनाएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शनिबार बसेको सो पार्टीको सचिवालय बैठकले नियमावलीलाई अन्तिम रुप दिन कार्यदल बनाएको हो ।

गत विहीबार बसेको स्थायी समिति बैकठको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन बामदेव गौतम, राम बहादुर थापा र महासचिव विष्णु पौडेल सदस्य रहेको कार्यदल बनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नियमावलीलाई अन्तिम रुप दिन कार्यदललाई तीन दिनको समय दिएको र आगामी मंगलबार बस्ने सचिवालयको बैठकले अनुमोदन गरी सोही दिन प्रकाशन गर्न पठाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

नयाँ नियुक्तिका लागि दौडधूप
अघिल्लो सरकारले गरेका झण्डै चार दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसँगै रिक्त पदमा पुग्न दौडधूप शुरु भएको छ । महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरू सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।

मन्त्रिपरिषद् कार्यालयले शुक्रबारै २० वटा मन्त्रालय र मातहत निकायलाई पत्राचार गरी राजनीतिक नियुक्ति खारेजीको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । निर्देशनसँगै मन्त्रालयहरूले खारेजीमा परेका पदाधिकारीलाई अवकाश पत्र थमाउने तयारी थालिसकेका छन् ।

सरकारले शुक्रबारै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएको पत्र पठाइसकिएको जानकारी दिएको छ । सरकारले रिक्त पदमा भनसुनका आधारमा आफूनिकटलाई नियुक्ति दिनुभन्दा दक्ष र योग्य व्यक्तिलाई लैजानुपर्नेमा विज्ञहरूले आग्रह गरेका छन्। आजका पत्रपत्रिकामा खबर छ ।

राजपाको बैठक विनानिष्कर्ष टुंगियो
तीन दिनसम्म बसेको राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ । एकता महाधिवेशन र संसदीय दलको नेता चयनको विषयमा निर्णय गर्न राजपा बैठक बसेको थियो ।

तर, ती दुवै एजेन्डामा राजनीतिक समितिका सदस्यबीच मत बाझियो । अध्यक्षमण्डलका सदस्यहरूबीच नै महाधिवशेनको विषयमा दुई धार देखिएको थियो ।

राजपा अध्यक्षमण्डलको राजनीतिक समितिको बैठक आइतबार पनि बस्ने भएको छ । निर्वाचन आयोगले आगामी ३० असारभित्र महाधिवेशन गरी जानकारी दिन राजपालाई पत्र पठाएको थियो । तर, राजपा ०७६ वैशाखमा महाधिवेशन गर्ने तयारीमा छ ।

अर्को वर्षको ७–९ वैशाखमा महाधिवेशनको मिति प्रस्ताव गर्ने राजपाका नेताहरूको भनाइ छ ।, आजका पत्रिकाले खबर छापेका छन् ।

विद्युत्को मूल्य बढाउने प्रस्ताव अस्वीकार 
नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।

यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा भारतीय पक्षले २० प्रतिशतसम्म महसुल बढाउन प्रस्ताव गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले हाल खरिद गरिरहेको विद्युत्को मूल्य नै बढी भएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले अस्वीकार गरेको हो ।

छ वर्षपछि त्रिवि रामपुर क्याम्पसको पढाई शुरु
त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ । पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)लाई दिने निर्णय सरकारले गरेसंँगै रामपुरमा त्रिविको पढाई रोकिएको थियो ।

त्रिवि र एएफयुबीचको विवादका कारण बन्द भएको रामपुर क्याम्पस शनिबार औपचारिकरुपमा पूर्वी चितवनको खैरहनी मावि परिसरमा शुरु गरिएको हो ।

सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सरकारलाई विभिन्न १२ ओटा जिल्लामा रहेका हलियालाई पुनःस्थापना गरी उनीहरूलाई आय आर्जनका अवसरहरु प्रदान गर्न आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले हलियाहरूलाई पुनःस्थापना गरी भूकम्प प्रतिरोधात्मक घर, खेतीको लागि राम्रो उर्वरशक्ति भएको खेतीयोग्य जग्गा प्रदान गर्न सरकारलाई आदेश दिएको हो ।

डडेल्धुराको अमरगढी नगरपालिकास्थित राष्ट्रिय हलिया महासङ्घका पूर्वअध्यक्ष डम्मर विक भन्ने डुमरे कामीलगायत ५ जनाले हलियाहरुले अत्यन्त दुःख कष्टका साथ जीवन विताएको उल्लेख गर्दै पुनस्थापनाका लागी माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुलुकी अपराध (संहिता) ऐनलाई कडाइका साथ लागू गरिने
आगामी भदौ १ देखि मुलुकमा लागू हुन लागेको मुलुकी अपराध (संहिता) ऐन कडाइका साथ लागू गरिने भएको छ ।

नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिवसीय सम्मेलनमा १८ बुँदे प्रस्ताव पारित गर्दै भदौ १ देखि लागू हुन गइरहेको संहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने भएको हो ।

सम्मेलनले अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा उल्लेखित १२ बुँदे कार्यनीतिका लक्ष्य कार्यान्वयन गर्न प्रदेशमा उपलब्ध जनशक्ति प्रदेशस्तरमा नै व्यवस्थापन गर्ने र बाँकी साधन स्रोत प्रहरी प्रधान कार्यालयले व्यवस्था गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक