राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल जारी



हाम्रो इकोनोमि

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालय अन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भयो ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो ।

छलफलमा भाग लिँदै सांसद जीतेन्द्र नारायणदेवले संघीय लोकतन्त्रलाई बलियो बनाउने होे भने प्रधानमन्त्री कार्यालयलाई व्यवस्थित र बलिायो बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

परशुराम मेघी गुरुङले अरु मन्त्रालयको तुलनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बढी बजेट छुट्ट्याइएको तथा समग्रमा मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा त्यसो नभएको पाइएको धारणा व्यक्त गर्नुभयो ।

सांसद रामनारायण विडारीले प्रतिपक्षले बहुृमतको सरकार भएर पनि काम गर्न नसकेको उल्लेख गर्दै काठमाडौँ उपत्यकामा सर्वसाधारण ठूलो बसमा सरर यात्रा गर्ने वातावरण बनाउन भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिनुभयो ।

उहाले भन्नुभयो–“नेपाली सेनालाई आधुनिक, लोकतान्त्रिक र पारदर्शी बनाउन आवश्यक छ, सेनाका ब्यारेकमा तपतपी पानी चुुहिने अवस्था रहेकाले त्यसमा सुधार गर्नुपर्ने र सेना संगठनभित्र भएका बेथिति तथा अनियमितता हटाउन पहल गर्नु आवश्यक छ ।”

सांसद बद्रीप्रसाद पाण्डेले शासन प्रणालीमा नभई सरकार परिवर्तन मात्र भएको हो भन्दै प्रधानमन्त्री कार्यालयमा बजेटको परिणाम बढ्नु भनेको प्रवृत्तिको दोष हो बताउनुभयो ।

उहाँले भन्नुभयो– “सरकार र सत्ता सामान्यतया अरुलाई मिलाएर लैजाने हो तर वर्तमान सरकार भने अरुलाई द्वन्द्व निम्त्याउने तर्फ उद्धृत देखिएको छ ।”

सांसद जीवन बुढाले कर्णालीको भूगोललाई विचार गरेर बजेट विनियोजन र नेपाली सेनालाई आधुनिकीकरण गर्ने विषयमा ध्यान पु¥याउन सुझाव दिनुभयो ।

सांसद रामप्रित पासवानले नेपाली सेनामा मधेसी दलीतको प्रतिनिधित्व अत्यन्त न्यून रहेको बताउँदै सेनालाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सांसद उदया शर्मा पौडेलले काठमाडौँ उपत्याका विभिन्न ठाउँमा सडक जामले गर्दा विद्यार्थीलाई परीक्षा छुट्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...