नेपाल–चीनबीचको सहकार्यबाट फाइदा लिन सकिने



हाम्रो इकोनोमि

नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीद्वारा संयुक्तरुपमा आज आयोजित अन्तक्र्रियामा उहाँले संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भइसकेकाले यसअन्तर्गत हुने सहकार्यबाट नेपालले समृद्धिको गति लिन सक्ने बताउनुभयो ।

भर्खरैमात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता ऐतिहासिक भएको बताउँदै उहाँले भन्नुभयो, “नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षणमा आइपुगेको छ । यो मैत्रीपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदानप्रदानले दुवै देशका लागि प्रचुर फाइदा र सिकाइ हुनेछ ।”

नयाँ नाका केरुङलाई आधुनिक भौतिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय नाकाका रुपमा रुपान्तरणमा सहयोग गर्न चीन तयार भएको राजदूत युले बताउनुभयो । सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिका लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
मिडिया हाउसको गेटमा बेवारिसे गाडी आतंक, कारबाही गर्न माग

    काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक...

सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...