गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा



हाम्रो इकोनोमि

गोलभँेडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् ।

किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू ४० मा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिनुभएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो रु ६ देखि रु ८ सम्ममा गोलभँेडा बिक्री गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसपाली गोलभँेडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन ।” व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् ।

तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा रू ४० मा बिक्री गरिरहेको बताउनुहुन्छ । उहाँले खुद्रा व्यापारीलाई रू १५ देखि रु १८ सम्ममा प्रतिकिलो गोलभेँडा बिक्री गरिरहेको बताउनुभयो ।

तरकारी खरिद गर्न आउनुभएकी विर्तामोड–३ की चन्द्रकला आचार्य व्यापारीले भनेकै मूल्यमा किन्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । “मूल्य सूची छैन, एउटा पसमा गयो, एउटा मूल्य हुन्छ अर्कोमा गयो अर्कै”, उहाँले भन्नुभयो, ߮“एउटै तरकारीको पसलैपिच्छे फकर फरक मूल्य छ ।”

जिल्लाका अधिकांश बजारमा यस्तै समस्या छ । व्यापारीले आफूखुशी मूल्य निर्धारण गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन् । किसानले लगानीको प्रतिफल पाउन सकेका छैनन् । कृषिथोक केन्द्रमा तरकारीको मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यवसायीले आफै मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...