नारायणी नदीमा फोहोर बढ्दै, नदीको प्रदूषण रोक्न माग



हाम्रो इकोनोमि

मुलुककै धार्मिक तथा पर्यटकीय महत्वको नारायणी नदीमा बढ्दै गएको प्रदूषण रोक्न सरोकारवालाले सम्बन्धित निकायसँग माग गरेका छन् ।

नदी किनारमा स्थापित उद्योगबाट उत्सर्जन भएका प्रदूषित वस्तु एवं हानिकारक रसायनिक पदार्थ प्रशोधन नगरी नारायणी नदीमा विसर्जन गर्ने गरेकाले प्रदूषण बढेको सरोकारवालाहरूको आरोप छ ।  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गोर्खा ब्रुअरी कम्पनी प्रालिले नारायणी नदीलाई बढी प्रदूषित तुल्याएको ज्ञापनपत्रको प्रतिलिपिसहित रासस कार्यालय पुग्नुभएका सञ्चारकर्मी प्रकाश रायमाझीले बताउनुभयो ।

कम्पनीले वातावरणीय प्रभाव मूल्यांकनअनुसारको प्रदूषण नियन्त्रणको मापदण्ड पूरा नगरेको बताउँदै उहाँले नदी प्रदूषण हुँदै गएकाले मानव स्वास्थ्यमा असर परेको र नदीका जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको जानकारी दिनुभयो ।

अनुगमन गरी प्रदूषण गर्ने उद्योगलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको गैँडाकोट नगरपालिका–७ का मोहनबहादुर थापाले बताउनुभयो ।

गोर्खा ब्रुअरी कम्पनीले भने सरकारले तोकेको वातावरणीय प्रभाव मूल्याङ्कनका मापदण्ड पूरा गरेर नै उद्योग सञ्चालन गरेको दाबी गरेको छ । कम्पनीका निर्देशक प्रविण अधिकारीले उद्योगबाट निस्कने फोहर प्रशोधन गरेरमात्र नदीमा विसर्जन गर्ने गरिएकोे छ भन्नुभयो ।

कम्पनीले उद्योगबाट निस्कने प्रदूषित पानी उपचारका लागि रु आठ करोडको लगानीमा छुट्टै प्रशोधन प्लान्ट स्थापना गरेको उहाँले जानकारी दिनुभयो । उक्त कम्पनीमा हाल ४०० भन्दा बढी कामदार कार्यरत छन् ।

वातावरण विभागले केही महिनाअघिमात्र त्यस क्षेत्रका उद्योगले प्रदूषण गरे÷नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको जनाएको छ । स्थलगत अनुगमनका बेला सो कम्पनीले उद्योगको फोहर प्रशोधन गरेर नदीमा विसर्जन गरेको आफूहरुले पाएको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...