परराष्ट्रमन्त्री ज्ञवालीको दबावमा मलेसियामा नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हट्ने



हाम्रो इकोनोमि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गर्नुभएको छ ।

 

मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग आज भएको टेलिफोन वार्तामा उहाँले उक्त आग्रह गर्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ । सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ ।

मन्त्री ज्ञवालीले मलेसियाका विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह स्वीकार गर्दै मलेसियाली विदेशमन्त्रीले कूटनीतिक माध्यमबाट भ्रमणको बारेमा जानकारी दिने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली कामदार माथि लाग्दै आएको बढी शुल्कको विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिलाउनु भएको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...