परराष्ट्रमन्त्री ज्ञवालीको दबावमा मलेसियामा नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हट्ने



हाम्रो इकोनोमि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गर्नुभएको छ ।

 

मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग आज भएको टेलिफोन वार्तामा उहाँले उक्त आग्रह गर्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ । सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ ।

मन्त्री ज्ञवालीले मलेसियाका विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह स्वीकार गर्दै मलेसियाली विदेशमन्त्रीले कूटनीतिक माध्यमबाट भ्रमणको बारेमा जानकारी दिने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली कामदार माथि लाग्दै आएको बढी शुल्कको विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिलाउनु भएको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...