विपतको बेला आपत्कालीन पूर्वतयारीका प्रयास सशक्त बन्दै



हाम्रो इकोनोमि

संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) ले संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रममार्फत नेपालको आकस्मिक पूर्व तयारीलाई सशक्त बनाउन ३० लाख पाउण्डको आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोगले मुलुकभर विपद्को अवस्थामा छरितो र एकीकृत प्रतिकार्य सुनिश्चित गर्न विश्व खाद्य कार्यक्रममार्फत नेपाल सरकारलाई सक्षम बनाउन गरिएको सहयोगलाई निरन्तरता दिएको छ ।

वार्षिक विपद् तथ्यांक पुनरवलोकन सन् २०१४–२०१५ का अनुसार नेपाल विपद्बाट हुने मानवीय र आर्थिक क्षति तथा तिनको आवृत्तिका आधारमा उच्च विपद् जोखिममा रहेका विश्वका १० देशमा पर्छ ।

विश्व खाद्य कार्यक्रम नेपालकी प्रतिनिधि एवं निर्देशक पिप्पा ब्राडफोर्डले डिएफआइडीको आर्थिक सहयोगमा काठमाडौँमा स्थापित मानवीय सहायतास्थलका कारण सन् २०१५ को भूकम्पको समयमा शुरु अवस्थाको प्रतिकार्य प्रभावकारी ढंगले गर्न सम्भव भएको स्मरण गर्नुभयो ।

संकटको समयमा देशभरिका रणनीतिक स्थानहरूमा स्थापना गर्न लागिएको बन्दोबस्ती आधारस्थलको सञ्जालमार्फत, स्थल तथा हवाईमार्ग भएर राहत–सामग्री सहजताका साथ ढुवानी गर्न सकिने विश्वासका साथ डिएफआइडीबाट भएको योगदानले भविष्यमा आपत्कालीन प्रतिकार्य प्रभावकारी बनाउन आधार तयार पार्नेछ ।

साझा तथा अद्यावधिक कार्यगत तथ्याङ्कले सबै प्रतिकार्यकर्तामा संकटको समयमा एकै प्रकारको बुझाइरहन्छ भन्ने सुनिश्चित गर्दै भौगोलिक अवस्था, हिमाली पदमार्ग र यातायातका पूर्वाधारसम्बन्धी सूचनाको पहुँचको समेत यकिन गर्नेछ । जसले राहत सामग्री कहाँ र कसरी लैजाने भन्ने निक्र्योल गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

डिएफआइडी नेपालका प्रमुख डा रुरिक मास्र्डेनले विपद्पूर्व नै आकस्मिक पूर्व तयारीका लागि गरिने लगानीले समय र जीवन जोगाउन सक्ने तथा अत्यधिक आवश्यकता परेका समक्ष यथाशक्य छिटो मद्दत पठाउन, विपद् उत्थानशीलता कार्यक्रममार्फत नेपाल सरकार र विश्व खाद्य कार्यक्रमसँग नजिक रहेर सहकार्य गरेको बताउनुभयो ।

विपत्ति आउँदा सरकार एवं सम्बन्ध साझेदार प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सकुन् भन्ने उद्देश्यका साथ विश्व खाद्य कार्यक्रमले नेपाल सरकार, डिएफआइडीसहितका दातृनिकाय तथा मानवीय समुदायसँग निकटतम सहकार्यमा आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्यमा नेपालको क्षमता अभिवृद्धि गराउने कार्य गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...