विनियोजन विधेयक, २०७५ माथि छलफल, खानेपानी व्यवस्थापन र सीपयुक्त जनशक्ति निर्माणमा जोड



हाम्रो इकोनोमि

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथि सांसदहरुले आआफ्नो धारणा राख्नुभएको छ ।

विनियोजन विधेयक, २०७५ माथिको वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत आआफ्नो धारणा राख्नुभएको हो ।

उहाँहरुले लैङ्गिक हिंसाको अन्त्य, ज्येष्ठ नागरिकको सेवा सुविधामा वृद्धि, बालबालिका मैत्री विद्यालय स्थापना, महिला तथा बालबालिका बेचबिखनमा संलग्न हुनेलाई कडा कानूनी कारबाही, लगानीमैत्री वातावरणको निर्माण, वैज्ञानिक वन व्यवस्थापन, सिँचाइ आयोजना निर्माणमा तदारुकता, खानेपानी व्यवस्थापन र सीपयुक्त जनशक्ति निर्माणमा उहाँहरुले जोड दिनुभयो ।

यसरी धारणा राख्नेहरुमा सांसद विना पोख्ररेल, महेश महरा, खगेन्द्र पुरी, इन्दु कडरीया, नन्दा चपाँइ, नरपती लुहार, भैरवसुन्दर श्रेष्ठ, दीपा गुरुङ, खड्गप्रसाद पुरी, खिमकुमार विक हुनुहुन्छ ।  राष्ट्रियसभाको अर्को बैठक असार २२ गते विहान ११ बजे बस्ने छ ।

सो बैठकमा विनियोजन विधेयक, २०७५अन्तर्गत रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि छलफल हुने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...