नयाँ बन्ने सञ्चार नीतिबारे शंका नगर्न मुख्यमन्त्री भट्टको आग्रह



हाम्रो इकोनोमि

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले अब तर्जुमा गर्ने सञ्चार नीति र कानूनबारे सञ्चारकर्मीले कुनै शंका गर्न नपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडाँैद्वारा आज धनगढीमा आयोजित सञ्चार नीति र कानून विषयको एक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले सबैले अपनत्व महसुस गर्न सक्ने किसिमको कानून बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले भन्नुभयो, “७ नं प्रदेशका पत्रकार तथा सञ्चारमाध्यमका सन्दर्भमा केही न केही नयाँ कुरा गरौँ भन्ने मेरो आफ्नो व्यक्तिगत सोच पनि हो र मैले यसबारे अध्ययन पनि गरिरहेको छु ।”

त्यसैगरी, अन्तरक्रिया कार्यक्रममा प्रदेश नं ७ नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले उत्कृष्ट सञ्चार नीति बनाउने सवालमा प्रदेश सरकारलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सञ्चारकर्मीलाई आफ्नो कामप्रति गौरवान्वित र उत्साहजनक हुने खालको सञ्चार नीति बनाइनु पर्दछ ।”

कार्यक्रममा सहभागी अधिकांश सञ्चारकर्मीले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अब बनाउने सञ्चार नीति संरक्षणमुखी र नियन्त्रणमुखी नभई सञ्चारकर्मीलाई प्रवद्र्धन गर्ने किसिमको हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।  पत्रकार महासंघ प्रदेश नं ७ का अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, प्रदेश नं ७ का वरिष्ठ पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...