नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को आयोजनामा दुई दिन रोजगार मेला,



हाम्रो इकोनोमि

आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन यहाँ दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को आयोजनामा दुई दिनसम्म चल्ने बृहत् अन्तरक्रियात्मक सो मेलामा बेरोजगार युवायुवती तथा रोजगारदातासहित झण्डै पाँँचसयभन्दा बढीको सहभागिता छ ।

मेला शुभारम्भका क्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले राजनीतिक क्रान्ति अन्त गरेर अब देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने क्रममा प्रदेश सरकाकार तर्फबाट पनि रोजगार सिर्जनाका थुप्रै कार्यक्रम आउने हुँदा धेरै युवाले पाँच वर्ष भित्रमा रोजागर पाउने विश्वास दिलाउनुभयो ।

प्रदेश सरकारले समेत कृषि, पर्यटन, आर्थिक समृद्धि, जलस्रोतको विकाससँगै अरू थुप्रै विकासका योजना तथा नीति र कार्यक्रम अघि सारेकाले सबैका घर–घरमा रोजगारका अवसर सिर्जना हुने जनाकारी दिनुभयो ।
नेपाली युवाहरु वैदेशिक रोजगारतिर ओइरिएर देशको थुप्रै उर्वराभूमि बाँझो बन्न थालिसकेकामा प्रदेश सरकारको ध्यान गएको उल्लेख गर्नुहुँदै मन्त्री आङ्वोले स्थानीय तह प्र्रदेश र केन्द्रीय सरकारले युवाहरु बहिरिने क्रमलाई कम गर्न निजी क्षेत्रसँग लगानीको वातावरण सिर्जना गरी साझेदारीमा रोजगार प्रवद्र्धनमा जोड दिने पनि जानकारी गराउनुभयो ।

उद्योग बाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले बेरोजगारीको अवस्था न्युन गर्न निजी क्षेत्रले गर्दै आएको सहयोगमा अब राज्यले पनि ध्यान दिन सक्यो भने देशभित्रै रोजगारीको वातावरण सिर्जना हुनेमा जोड दिँदै विदेशमा गएर जोतिनुभन्दा स्वदेशभित्रै काम गर्ने वातावरण बन्न सक्यो भने देश समृद्ध हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...