नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को आयोजनामा दुई दिन रोजगार मेला,



हाम्रो इकोनोमि

आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन यहाँ दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को आयोजनामा दुई दिनसम्म चल्ने बृहत् अन्तरक्रियात्मक सो मेलामा बेरोजगार युवायुवती तथा रोजगारदातासहित झण्डै पाँँचसयभन्दा बढीको सहभागिता छ ।

मेला शुभारम्भका क्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले राजनीतिक क्रान्ति अन्त गरेर अब देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने क्रममा प्रदेश सरकाकार तर्फबाट पनि रोजगार सिर्जनाका थुप्रै कार्यक्रम आउने हुँदा धेरै युवाले पाँच वर्ष भित्रमा रोजागर पाउने विश्वास दिलाउनुभयो ।

प्रदेश सरकारले समेत कृषि, पर्यटन, आर्थिक समृद्धि, जलस्रोतको विकाससँगै अरू थुप्रै विकासका योजना तथा नीति र कार्यक्रम अघि सारेकाले सबैका घर–घरमा रोजगारका अवसर सिर्जना हुने जनाकारी दिनुभयो ।
नेपाली युवाहरु वैदेशिक रोजगारतिर ओइरिएर देशको थुप्रै उर्वराभूमि बाँझो बन्न थालिसकेकामा प्रदेश सरकारको ध्यान गएको उल्लेख गर्नुहुँदै मन्त्री आङ्वोले स्थानीय तह प्र्रदेश र केन्द्रीय सरकारले युवाहरु बहिरिने क्रमलाई कम गर्न निजी क्षेत्रसँग लगानीको वातावरण सिर्जना गरी साझेदारीमा रोजगार प्रवद्र्धनमा जोड दिने पनि जानकारी गराउनुभयो ।

उद्योग बाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले बेरोजगारीको अवस्था न्युन गर्न निजी क्षेत्रले गर्दै आएको सहयोगमा अब राज्यले पनि ध्यान दिन सक्यो भने देशभित्रै रोजगारीको वातावरण सिर्जना हुनेमा जोड दिँदै विदेशमा गएर जोतिनुभन्दा स्वदेशभित्रै काम गर्ने वातावरण बन्न सक्यो भने देश समृद्ध हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...

बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस सम्पन्न

  बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस मनाइएको छ । मंगलबार नगरपालिकाको प्राङ्गण, हात्तीगौडामा...