सिरियामा द्धन्दसँगै विस्थापित हुनेको संख्या बढ्यो्,यस्तै अवस्था रहे मानव वस्ति नरहने अवस्था



हाम्रो इकोनोमि

दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएको समाचार छ । यस क्षेत्रबाट विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै गएको बताइएको छ । दुई हप्तायतादेखि सो क्षेत्रमा द्वन्द्व झन बढेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार सिरियाको प्राय दक्षिणी क्षेत्र द्वन्द्वले आक्रान्त बनेको छ । जसका कारण सो क्षेत्रमा आतङ्ककारीहरुको पनि घुसपैठ भइरहेको छ । यसअघि विगत लामो मसयदेखि यहाँका विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले केही हप्ताअघि कारबाही थालेका थिए ।

त्यहाँ आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । सो क्षेत्रमा लामो समयदेखि विद्रोहीको धरपकड रहेको अधिकारीहरुले बताएका थिए । “दक्षिणी सिरियामा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरूको सङ्ख्या झण्डै तीन लाख पुगेको अनुमान गरिएको छ,” सिरियास्थित राष्ट्रसंघीय निकाय युएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भन्नुभयो ।

झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थलगत कारबाहीबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । सिरियामा सन् २०११ देखि सुरु भएको हिंसामा परी ४ लाख भन्दा बढी मानिस मारिएका छन् । सो हिंसाका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँको तत्कालिन राष्ट्रपति बसर अल असद्को राजिनामाको मागगर्दैै जनआन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । एक तथ्याङ्क भन्छ सिरियाका ६३ लाख नागरिक शरणार्थीका रुपमा बाँच्न बाध्य छन् । देशबाहिर विस्थापित हुन पुगेकाको सङ्ख्या पनि लाखौँ छ । यसरी देश छोड्न बाध्य ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् ।

यो सङ्ख्या विश्वकै विस्थापित नागरिकको करिब एक तिहाइ हुन आउँछ । सिरियाली अधिकांश शरणार्थीले छिमेकी देश टर्की र जोर्डनमा शरण लिएर बासेका छन् । अरु लगभग त्यति नै सिरियाली देशभित्र विस्थापित भएका छन् । उनीहरुले खाने लाउने अथवा आधारभूत आवश्यकता पनि प्राप्त गर्न सकेका छैनन् ।

सिरियाको गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट (आइएस) समूहका आतङ्ककारीको घुसपैठ भएको छ । यसैकारण सिरियाको द्वन्द्वमा परी त्यतिधेरै मानिसको ज्यान गएको हो ।

 

सैन्य गतिविधि रोक्न आग्रह

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको छ ।

उहाँले बुधबार विज्ञप्तिमार्फत सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । यस क्षेत्रमा पछिल्ला केही दिन यता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाहीलाई कडा पारिएको छ जसका कारण यहाँका करिब १०० सर्वसाधारणले ज्यान गुमाएका छन् ।

यस घटनाबाट राष्ट्रसंघीय प्रमुख चिन्तित बनेको उहाँका प्रवक्ता स्टेफेन दुजारिकले बताउनुभएको छ । महासचिव गुथ्रेसले सुरक्षा कारबाही जारी रहेको दक्षिणपश्चिमी क्षेत्रलाई जोर्डन, रूस र संयुक्तराज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...