पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य



सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण झापा अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

अर्जुनधारा–१ र २, इलाम जिल्लाको दक्षिणी भेगमा रहेको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका केही वडा गरी अनुमानित एक हजार ५०० घरधुरीका परिवार प्रत्यक्ष लाभान्वित हुने सो खोलामा पुल निर्माण हुनु अति आवश्यक भएको स्थानीयवासी बताउँछन् । वर्षाको समयमा समस्या आउँदा पुल निर्माणको कुरा हुने तर वर्षा सकिदा कुरा पनि सकिने गरेको स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अम्बरबहादुर सुवेदीले बताउनुभयो ।

सो खोलामा पुल नहुँदा दैनिक सञ्चालन हुने यातायातका साधनहरु, विद्यालय आउने विद्यार्थी, बिरामी लिएर आउने एम्बुलेन्स र दैनिक आवतजावत गर्ने स्थानीयवासीलाई मुख्य समस्या हुने गरेको उहाँको गुनासो थियोे ।

त्यसैगरी, रोङ गाउँपालिका–२ स्थित बरफल्याङ निवासी जगतनिधि घिमिरेले गत वर्षको बाढीमा आफू मोटरसाइकलसहित करीब ५० मिटर बगेको जानकारी गराउँदै सो खोलामा पक्की पुल आवश्यक भएको बताउनुभयो । कृषि सडकअन्तर्गत पर्ने सो खोलाको पुल निर्माण भए सबै समयमा कृषिजन्य सामग्री ल्याउन पनि सहज हुने उल्लेख गर्दै स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका सचिव रंगलाल मिश्रले भन्नुभयो, “सरकारी निकायको नजर नपरेका कारण पुल निर्माण हुन सकेन ।”

पुल निर्माण गर्ने विषयमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानासँग बुझ्दा रोङ गाउँपालिका र नगरपालिकाको सहकार्यमा आन्तरिक स्रोतबाट आगामी आर्थिक वर्षमा पुल निर्माण गर्ने जानकारी दिनुभयो ।

यता रोङ गाँउपालिकाका अध्यक्ष शमशेर राई अनुमानित रु दुईदेखि तीन करोड पुल निर्माणमा लाग्ने भएको ठूलो लगानी स्थानीय तहले मात्र जुटाउन नसक्ने हुँदा दुवै तहको प्राथमिकतामा राखी प्रदेश र संघमा योजना पठाउने बताउनुभयो ।

फड्के पुल निर्माण हुँदै

स्थानीय हलुवागढ, अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूह र रोङ गाउँपालिका–२ स्थित बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा ठूलो नेते खोलामा १५० फिट लामो फड्के पुल निर्माण भइरहेको छ ।

वर्षाको समयमा स्थानीयवासी, दुई पाङ्ग्रे सवारी साधनलाई आवातजावतमा सहज होस् भन्न उद्देश्यले समूहको संयुक्त पहलमा रु चार लाखको लगानीमा सो पुल निर्माण भइरहेको सचिव मिश्रले जानकारी दिनुभयो । उक्त पुलको दुवै भागमा आवश्यक जाली वडा समितिले उपलब्ध गराउने अर्जुनधारा–१ वडा समितिका सदस्य माधव आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार  १४ : ०४  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०