काभ्रेमा अवैध सम्बन्ध लुकाउनको लागि फुपुले आफ्नै भदैनिको गरे हत्या, हत्यारा जोडी पक्राउ



हाम्रो इकोनोमि

काभ्रेको तेमालमा बाख्राको खोरमा परपुरुषसँग यौन सम्पर्क गरिरहेको अवस्थामा देखेपछि एक फूपुले आफ्नै भदैको घाँटी थिचेर हत्या गरेकी छिन ।

यौनसम्पर्कको घटना लुकाउन तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपू मिना तामाङले हत्या गरेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ । प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलाई एलिसाले बाख्राको खोरमा आपत्तिजनक अवस्थामा भेटेकी थिइन् ।

पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नलाई प्रहरील पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...