बागलुङमा यि हुन प्राकृतिकप्रकोपको उच्च जोखिममा रहेका ठाउँहरु



हाम्रो इकोनोमि

जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो ।

जसमध्ये ढोरपाटन नगरपालिका क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताउनुभयो । त्यहाँ पर्ने बोबाङ, अधिकारीचौर र नगरपालिकाको केन्द्र बुर्तिबाङसमेत प्राकृतिक विपद्को जोखिममा छ ।

यस्तै तमानखोला गाउँपालिका, निशीखोला गाउँपालिकाको बोङ्गादोभान, खुङ्खानीमा बाढीपहिरोको बढी जोखिम छ । त्यस क्षेत्रमा बग्ने निसी, भुजी र तमानखोलाले बाढीपहिरोको जोखिम बढाउने गरेको अधिकृत श्रेष्ठले बताउनुभयो । “पश्चिम भेग विशाल पहाडी भू–भागले घेरिएको छ, वर्षा हुँदा खोलाको बहाब एक्कासी बढ्छ”, उहाँले भन्नुभयो, “जसका कारण तटीय क्षेत्रमा प्रकोप निम्तने खतरा छ ।”

भूगर्वको कमजोर संरचना, भौगोलिक बनावट, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकजस्ता कारणले बाढीपहिरो निम्तने गरेको उहाँको भनाइ छ । दुई वर्षअघि निसी, भुजी, तमानखोला र बडीगाड खोलामा आएको बाढीले करोडौँको भौतिक सम्पतिमा क्षति पु¥याएको थियो । प्राकृतिक प्रकोपले वर्षेनीजसो मानवीय क्षति पनि व्यहोर्नुपरेको अधिकृत श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार गलकोट नगरपालिकाको हरिचौर, पाण्डवखानी, दुदिलाभाटी, काठेखोला गाउँपालिकाको लेखानी, रेशलगायतका क्षेत्र पनि प्रकोपको जोखिममा छन् ।

यस्तै बागलुङ नगरपालिका भित्र मात्रै सानाठूला गरी ९३ वटा पहिरो रहेको जनाइएको छ । प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम, बजेट भने कार्यालयसँग छैन । चालु आवको सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला कार्यालयले कुनै पूर्वतयारीका काम गर्न सकेन । “पहिले जनचेतना अभिवृद्धिदेखि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम र बजेट आउँथ्यो”, अधिकृत श्रेष्ठले भन्नुभयो, “अहिले सबै स्थानीय तहमा गएको छ ।”

स्थानीय तहले भने यो वर्ष प्राकृतिक प्रकोप नियन्त्रणको कुनै प्रभावकारी योजना बनाएका छैनन् । केहीले विपद् कोष खडा गरे पनि जनशक्ति अभाव र अनुभवको कमीले पनि विशेष कार्ययोजना लागू गर्न नसकेका हुन् । जिल्ला प्रशासन कार्यालय बागलुङले भने प्राकृतिक प्रकोपका घटनाको व्यवस्थापन, उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गरिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...