पानी परेपछि कृषकलाई राहत मिलेको छ ।



जिल्लामा लामो खडेरीपछि वर्षा भएको छ । पानी परेपछि कृषकलाई राहत मिलेको छ ।

चार महिनासम्म खडेरी परेपछि खेतबारीमा लगाइएको अन्नबाली सुक्न थालेपछि कृषक चिन्तित भएका थिए । तीन दिनसम्म लगातार पानी परेपछि धान, मकै, सिमी, कोदो लगायतको अन्नबालीलाई मद्दत पुगेको छ ।

खडेरीका कारण कृषक प्रभावित बनेका थिए । “खडेरीले कात्तिकमा पाक्ने मकै, चिनो लगायतका अन्नबाली रोप्नै पाएका थिएनाँंै, ढिलै भए पनि वर्षा भयो, अहिले रोप्न भ्याइनभ्याइ छ” त्रिपुरासुन्दरी नगरपालिका– ९ का योगेन्द्र कार्कीले भन्नुभयो ।

पानी परेपछि बाँझो रहेको जग्गामा अहिले कृषकले धमाधम बालीनाली लगाउन थालेका छन् । वर्षाका कारण डाँडापाखामा प्रशस्त घाँसपात उम्रने भएपछि पशु चरिचरनका लागि सहज हुने भन्दै कृषक खुशी भएका छन् ।
–––

प्रकाशित मिति : २० असार २०७५, बुधबार  १६ : ०६  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

धान दिवसको उपलक्ष्यमा शीतल निवासमा रोपाइँ

    असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ

नेपालमा मलको हाहाकार भइरहन्छ : कृषिमन्त्री

    कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन् ।

दुई घण्टा बोकेर हाते ट्रयाक्टर चितवनको कान्दा पुर्‍याइयो

     चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको