पानी परेपछि कृषकलाई राहत मिलेको छ ।



हाम्रो इकोनोमि

जिल्लामा लामो खडेरीपछि वर्षा भएको छ । पानी परेपछि कृषकलाई राहत मिलेको छ ।

चार महिनासम्म खडेरी परेपछि खेतबारीमा लगाइएको अन्नबाली सुक्न थालेपछि कृषक चिन्तित भएका थिए । तीन दिनसम्म लगातार पानी परेपछि धान, मकै, सिमी, कोदो लगायतको अन्नबालीलाई मद्दत पुगेको छ ।

खडेरीका कारण कृषक प्रभावित बनेका थिए । “खडेरीले कात्तिकमा पाक्ने मकै, चिनो लगायतका अन्नबाली रोप्नै पाएका थिएनाँंै, ढिलै भए पनि वर्षा भयो, अहिले रोप्न भ्याइनभ्याइ छ” त्रिपुरासुन्दरी नगरपालिका– ९ का योगेन्द्र कार्कीले भन्नुभयो ।

पानी परेपछि बाँझो रहेको जग्गामा अहिले कृषकले धमाधम बालीनाली लगाउन थालेका छन् । वर्षाका कारण डाँडापाखामा प्रशस्त घाँसपात उम्रने भएपछि पशु चरिचरनका लागि सहज हुने भन्दै कृषक खुशी भएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...