नयाँ शक्त्तिका नेताले भने- ‘राम बहादुर थापा (बादल) आतंकवादी हुन्’, बाबुरामलार्इ लायाे झट्का



हाम्रो इकोनोमि

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका ४० जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेपछि अन्य नेता तथा कार्यकर्ता उग्र भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ लगायत चार दर्जन भन्दा बढि नेकपाका नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेर नराम्राे गरेकाे भन्दै महासचिव बिप्लवले एक बिज्ञप्ति जारि गर्दै संकेत सरकार फासिवाद तर्फ उन्मुख भएको र यसका बिरुद्द प्रतिवाद गर्न आह्वान गरेका छन्।

प्रहरीले नेकपाका पोलीट ब्युरो सदस्य पदम राई ‘विकास’,केन्द्रीय सदस्य मकर गुरुङ, नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजका केन्द्रीय अध्यक्ष रत्न मगर, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’ लगायतलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी चौकी बालाजुमा राखिएको छ ।

यस्तै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैधे किरणले पनि गिरफ्तारीको सशक्त बिरोध गरेका छन् यस्तै पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पनि नेकपाका नेता कार्यकर्ताको गिरफ्तारीको बिरोध र भर्त्सना गरेका छन् ।

चौतर्फी बिरोधकै बीच नयाँ शक्त्ती नेपालका कास्की जिल्ला संयोजक हेम बहादुर थापा ‘किरण’ले आफ्नो फेसबुक मार्फत असारे काका लगायत लाई गिरफ्तार गर्ने राम बहादुर थापा (बादल)आतंकवादी हुन् भन्दै चर्को आलोचना गरेका छन्।

स्राेतका अनुसार नयाँ शक्त्तिका नेतालाे बादलविरुद्ध बाेलेकाेले बाबुराम भट्टरार्इ बाह्य चुनाैतीकाे सामना गर्नुपर्ने देखिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...