शेयर बजार आज पनि घट्यो



हाम्रो इकोनोमि

निरन्तर घट्दै आएको शेयर बजार आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४।८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।४३ बिन्दुले ओरालो लागेको छ ।

आज कूल १५९ कम्पनीको छ लाख ७२ हजार १०३ कित्ता शेयर रु २० करोड ४५ लाख ७२ हजार ६६२ मूल्यमा कारोबार भएको छ ।

स्टकका अनुसार दुई उपसमूहको शेयर भने बढेको छ । होटल २।२३ र विकास बैंक उपसमूह ३।७५ बिन्दुले बढेको हो । बैंकिङ ५।३४, जलविद्युत् १३।५९, फाइनान्स ३।०४, बीमा २१।४४, उत्पादन ०।१३, अन्य १।२१ र माइक्रोफाइनान्स ५।२४ बिन्दुले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...