उद्यमीलाई सत्ताइस लाखको उपकरण



हाम्रो इकोनोमि

भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करिब रु २७ लाख बराबरको उपकरण हस्तान्तरण गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयले घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त उपकरण हस्तान्तरण गरेको हो । उद्योग कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले साना उद्यमीलाई उपकरण हस्तान्तरण गर्नुभयो ।

वितरण गरिएका सामग्रीमा जुकी मेसिन १० थान, कम्प्रेसर ६ थान, सिलाइ मेसिन चार थान, हस्कर, स्ट्रोनर र पोलिसर दुई÷दुई थान, पर्पलाइजर, अटो क्लेभ, एलिभेटर, आइरन, ड्रायर, हुड ड्रायरलगायत रहेका छन् । सरकारको ८० प्रतिशत र साना उद्यमीको २० प्रतिशत साझेदारीमा उक्त उपकरण हस्तान्तरण गर्न साना उद्यमी छनोट समिति गठन गरिएको थियो ।

साना उद्यमीलाई मात्रै उपकरण हस्तान्तरण गरिएको उद्योग कार्यालय प्रमुख सीताराम खड्काले बताउनुभयो । उपकरण पाएका उद्यमीले कम्तीमा पाँच वर्ष पाएको प्रविधि बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौता गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...